समाचार प्रस्तोताको मालिकलाई भावुक पत्रः तलव नपाएपछि काठमाडौं छोड्दाको पीडा यसरी पोखिन

पत्रकारको रोदन कसले र कहिले सुन्ने ?

  • असार ८, २०७७
  • कालापानी मिडिया
alt

अरुको अनेकौ चासो राख्ने यो भएन त्यो भएन । यिनीहरुले यो समस्या पाए - कोरोना कहरमा हामी सहयात्री बन्छौँ, वाइडबडीमा यति घोटला भयो भन्दै कमिसनको पछि लाग्ने, तपाई आफ्नो समय दिनुस् म करियरको जिम्मा लिन्छु भन्ने, उद्योग वाणिज्य संघजस्तो खास व्यवसायीहरुको संगठनका पदाधिकारीलाई चूनौति दिदै ठाउँ खाली गर हामी जिउँदै छौ भन्ने तर आफ्नो एउटा सानो टेलिभिजन गतिलो ढंगले चलाउने ल्याकत नभएको, स्थापनाकालदेखि नै कर्मचारीको सुविधा र तलबका लागी असफल हुँदै आएको एउटा टेलिभिजनको न्यूज एंकरले पत्रकार महासंघ र पीडक टेलिभिजनलाई पठाएको पीडादायी विज्ञप्ति पढेपछि यसलाई सार्वजनिक नगरी बस्न सकिन । केही व्यक्तिगत गोपनियताका कारण मैले न्यूज एंकर र टेलिभिजनको नामलाई सम्पादन गरेको छु । तर यति हो सम्पादन गरे पनि धेरैलाई थाहै छ उक्त टीभीको नाम । जुन नेपालमा सञ्चारक्षेत्रमा कर्मचारीको अधिकार र पारिश्रमिका लागी यो क्षेत्रमै विकृति र विसंगती भित्र्याउने टीभी हो । तल पढ्नुस् उक्त टीभीबाट हालै पीडित बनेकी न्यूज एंकरको चिठि ।

प्रमुख संचालन अधिकृत
                                                                                                   मिती ०७७/०३/०७
                     बिषय - स्पष्टिकर माग गरिएको बारेमा जवाफ पेश

म...... ...... खबरमा विगत १ बर्ष ४ महिनादेखि काम गदै आईहरेको थिए । कोरोना कहर सुरु भएर असहज परिस्थिति सिर्जना भएको भन्दै पारिश्रमिक आधा दिने, आवश्यक पर्ने भन्दा कम कर्मचारी बोलाएर काम धेरै लगाउँने, काम गर्दा यस्तो भएन त्यस्तो भएन भनेर बाउ छोरी नै मिलेर मानसिक तनाव दिने तथा कार्यालयमा कोरोनाबाट बच्न सुरक्षा सावधानी अपनाए पनि सुरक्षित नभएकाले कार्यालयमा उपस्थित भएर काम गर्ने उचित वातावरण नभएको यहाँलाई जानकारी होला नै । मुख्यतः मलाई पनि जेठको २५ गतेबाट हप्तामा ३ दिन मात्र काम गर्न कार्यतालिका थमाईएको थियो । मैले महिनामा १२ दिन काम पाएको थिए र पाउँने पारिश्रमिक हिसाब गर्दा ८ हजार हुन पुग्छ ।

एकातर्फ नियमित तलब नआउने समस्या, अर्कोतर्फ खर्च कटौतिको नाममा कर्मचारीमाथि भईरहेको शोषण सहन नसकि र मासिक १५ हजार घरभाडा मात्रै बुझाउँनु पर्ने, खाईपिई गर्दा अत्याधिक खर्च भई जिविका चलाउँन नसक्ने भन्दै मैले जेठ २७ गते प्रमुख संचालन अधिकृतलाई मौखिक जानकारी गराएको पनि हो । साथै २ महिना अघि मैले तलबकै बिषय देखाउँदै राजिनामा पनि दिएको थिए । मेरो राजिनामा लिन नमानी फिर्ता गर्नुभयो र बाँकि रहेको सबै तलब दिने भनि मौखिक आश्वासन पनि दिनु भएको हो । तर २ महिना बित्दासम्म मैले केहि रकम मात्र पाएको छु । सो मौखिक आश्वासन पुरा भएन । यो मौखिक आश्वासन दिदाँ यदि समयमै तलब दिन सकिएन भने यहि राजिनामा त्यहि मितिलाई मान्य गराएर स्वीकृत गरौला भन्नुभएको मैले भुलेको छैन ।

महिनाको १०, १२ हजार तलब अनि त्यो पनि बारम्बार माग्नुपर्ने अवस्थाले गर्दा मैले काठमाडौ बस्न सक्ने अवस्था रहेन । मैले बेतलबि विदा वा अस्तीको राजिनामा स्विकृत गरिदिन अनुरोध गरे । अबको ५, ७ दिन काम गर्नुहोस् त्यसपछि निर्णय गरौला भन्नु भयो, भने अनुसार मैले जेठ ३१ गतेसम्म काम गरे तर कोठा भाडा तिर्न नसकी मैले ३२ गते नै कोठा खालि गराई घर फर्कन पर्ने भयो । कार्यालय आउँन सक्दिन भनेर फोन गरेर घर जानै पर्ने अवस्था आएको जानकारी गराई म घर फर्किएको हो । कर्मचारीलाई न्युनतम आवश्यकता पूर्ति हुने गरी पारिश्रमिक पनि दिन नसक्ने अनि कानुनी कारर्वाहीको धम्कि दिने पनि तपाईहरु ।

बाहिर जिल्लाबाट आएर काम गरिरहेकाहरुलाई कैले सोध्नुभएको छ, कति पिडामा छन् उनीहरु ? कोठा भाडा तिर्न नसकेर साथीको कोठामा बसेर तपाइले दिएको कार्यभार पुरा गर्नु, मनभरी पिर बोकेर टेलिभिजनको पर्दामा मुुसुक्क मुस्कुराउँदै दिएको प्रस्तुति, त्यो प्रस्तुतिले अरुलाई केहि खुसि दिएको होला तर आफ्नो पिडा आफैसँग थियो । महिना मरेको भोलिपल्ट घरबेटिले माग्ने भाडाले पिरोल्थ्यो, कति पटक ग्याँस सकिएर बाहिरबाट खाना खाएर वा नखाई तपाइले दिएको जिम्मेवारि पुरा गर्न आएका कर्मचारीको बाध्यता तपाईले कहिले बुझ्नु भएन । बाईकमा इन्धन हाल्न नसकेर सार्वजनिक यातायातमा हिड्नुको पिडा तपाईले सायद भोग्नु परेको छैन् ।

२० हजार पेस्की माग्दा ५ हजारले काम चलाउँनु भनेर निराश पारेर पठाउँदा कानुनी कारवाहि त के विभागिय कारवाहि होस् भन्न पनि मैले सकेको थिईन । यसरी सामान्य आवश्यकता पुरा गर्ने तलब पनि दिन नसक्ने अनि बाध्यता परेर घर आउँदा धम्कीको चिठि लेखेर तर्साउने प्रयास नगरेको भए आभारी हुने थिए । गलत मनशाय बोकेको, श्रमको मुल्य नबुझ्ने, शोषक सामान्तीहरुले गर्ने व्यबहार भएन र यो त ? धम्कीले मिडिया चल्दैन, यस्तै धम्कीका कारण धेरै क्षमतावान मित्रहरु नचाँहदा नचाँहदै बाहिरिएका छन् । कसैलाई ढोगेर दश औला जोडेर मैले जाँगीर खाएको थिईन मेरो क्षमताले खाएको हो ।

कार्यालयमा काम गर्ने अधिकाशं कर्मचारिलाई तपाईले दिएको जागिर मलाई जस्तै निल्नु न ओकाल्नु भएको होला सायद । काम छोडे अहिले सम्म खुन पसिना गरेर कमाएको पैसा आउँदैन काम गरे तलब आउँदैन । आज सम्म महिनौ काम गरेर पारिश्रमीक नदिदाँ टेलिभिजनलाई कारवाही भएको छैन मैले अति आवश्यक परेर कार्यालय छोडेको हो । कुरा आयो सझौता तोडेर म घर आएको तपाईहरुले कुन दिन सम्झौता अनुसार मासिक तलब दिनुभएको थियो ?

सामान फिर्ताको कुरा, सामानमा म सँग कार्ड छ त्यो पनि मेरो तलब पाएपछि म कार्यलयमा छोड्नेछ । अझैपनि तपाईहरुमा अलिकति मानवता बाकि छ भने मैले दुख गरेर काम गरेको पारिश्रमिक १ हप्ताभित्र पाठाईदिनुहोला, धन्यवाद

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved