श्रीकान्त गुप्ता, बारा । बारामा धान रोपाइ सुरु भएसंगै सरकारी अनुदानबाट प्राप्त रासायनिक मलको कालोबजारी बढेको छ । सरकारी अनुदानको मल, कृषि सहकारी संस्थाहरुले सिधै किसानलाई बिक्री गर्नु पर्ने ठाउँमा मुनाफा लिएर व्यापारीलाई बिक्री गरिन थालेपछि किसान दोव्वर मुल्यामा मल किन्न बाध्य छन् ।
भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरिद गरेर ल्याएको रासायनिक मल, कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउदै आएको छ । तर बारामा भने कृषि सहकारी संस्थाहरुले लकडाउनको मौका छोपेर सरकारी अनुदानको मल, किसानलाई नदिएर बढी मुनाफाको लोभमा व्यपारीलाई बिक्री गरिरहेका छन् ।
बारामा हरेक बर्ष ६० हजार हेक्टर धान रोपाइमा ७ मेट्रोटन रासायनिक खादमल अवस्वता पर्छ कृषि सामाग्री कम्पनीले कृषि सहकारी संस्थालाई युरिया मल प्रति बोरा ७ सय र डीएपी २ हजार १ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको छ। कृषि सहकारी संस्थाले भने ढुवानी भाडा थपेर किसानलाई युरिया मल बोराको अधिकतम ८ सय र डीएपी अधिकतम २ हजार २ सय रुपैयामा बिक्री गर्नु पर्ने प्रावधान छ । तर लकडाउनको बहानामा कृषि सहकारीले पसलहरुमा बिक्री गरेर गर्न थालेको छ ।
बारामा ६० हजार हेक्टरमा धान खेती हुन्छ । जसमधे १२ हजारमा चैत धान रोपिन्छ । यसपालि रासायनिक मल अभावमा धानको उत्पादनमा समेत कमि आउने देखिन्छ । छिट फुट पानी परेको कारणले बारामा धान रोपाई शुरु त भएको छ तर मल अभावले किसान समस्यामा छन् ।
यता साल्ट ट्रेडिङ कर्पोरेशनसंग मलको मागगर्दा कृषि सहकारी संस्थालाई समान रुपले बितरण गरेको बताइरहेको छ भने कृषि सहकारी संस्थामा बुझ्दा मल नै नआएको बताउँछन् । तर त्यही अनुदानको मल चर्को मुल्यमा पसलमा बिक्रि भइरहेको छ । रासायनिक मल खादको मूल्य वडा अध्यक्ष संग समन्य गरि सहकारी संस्थाले मूल्य तोक्ने प्रवधान रहेकोछ। यदी खादको बढी मुल्य बढाए बिक्री बितरण गरेकोछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved