‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव भयो-डब्ल्यूएचओ

  • असार ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा भने, ‘धेरै देश अक्सिजन कन्स्नट्रेटर (मेसिन)को अभावसँग जुधिरहेका छन् । हाल यो मेसिनको माग बढी भएको छ ।’ उनले भने, अहिलेसम्म विश्वमा ९३ लाख जना कोरोना भाइरस संक्रमित भइसकेका छन् । ४.८० लाख जनाको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ संक्रमण पुष्टि भइरहेको छ । यसका कारण हरेक दिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।

संक्रमितहरु अचानक वृद्धि भएका कारण अक्सिजन कन्स्ट्रेटर अभाव भएको छ, जुन कोरोना संक्रमित बिरामीलाई सास लिनका लागि आवश्यक पर्दछ । टेड्रोसले भने, ‘डब्ल्यूएचओले हालसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद गरेको छ र आगामी हप्ता १२० देशमा पठाउने योजना छ । यसका साथै आगामी ६ महिनामा १.७० कन्स्नट्रेटर प्राप्त हुनेछ, जसको मूल्य १० करोड डलर छ ।’

डब्ल्यूएचओको आपतकालीन टिमका प्रमुख डा.माइक रियानका अनुसार धेरै ल्याटिन अमेरिकी देशमा महामारी फैलिएको छ । यस क्षेत्रमा मृत्यु हुनेको संख्या एक लाखभन्दा बढी पुगिसकेको छ । कतिपय देशहरुमा पछिल्लो हप्ता २५ देखि ५० प्रतिशतले वृद्धि भइरहेको छ ।

माइकका अनुसार अमेरिकामा अझै कोरोना संक्रमण उच्च विन्दुमा पुगिसकेको छैन । आगामी दिनमा पनि संक्रमित हुने र मृत्यु हुने व्यक्तिको संख्या बढ्ने सम्भावना छ ।
अनलाइन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved