अनिता घिमिरे,पोखरा । कोरोना संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्ने भएको छ । एक दिनको लागि ओपीडी बन्द गर्न लागेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमित पुरुषको मृत्यु पछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । शव व्यवस्थापन गर्दा संक्रमण फैलिन सक्ने हुँदा एक दिनको लागि ओपीडी बन्द गर्न लागिएको उनले बताए ।
स्याङजाको सिरुवारी घर भएका एक पुरुषको गए राति ११ बजेर ३५ मिनेट जाँदा कोरोना संक्रमित पुरुषको ज्यान गएको थियो । उनको शव व्यवस्थापनको तयारी भई रहेको निर्देशक डाक्टर आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved