काठमाडौं । सांसदहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्न गरिएको टेण्डर रद्ध गर्न सरकारलाई सुझाव दिएका छन् ।
ई–पासपोर्टका लागि छुट्याइएको रकम कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा न्युनीकरणमा लगाउनुपर्ने उनीहरुको सुझाव छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राहदानी विभागका महानिर्देशक रामकाजी खड्कासँग ई–पासपोर्ट छपाईको विषयमा छलफल थियो ।
खड्काका अनुसार २० लाख ई–पासपोर्ट छाप्नका लागि टेण्डर गरिएको छ, तर कोभिड–१९ का कारण टेण्डरको अवधी लब्याइरहनु परेको छ । पछिल्लो पटक थपिएको म्याद जुलाई १६ सम्म छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved