कास्की । शुक्रबार विहानै गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ३२ जनामा संक्रमण देखिएको हो ।
यो संगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ । आज भेटिएका संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved