गुल्मी। गएराती देखी परेको अविरल वर्षाका कारण गुल्मी जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा ठुलो मात्रमा जनधनको क्षति भएको छ ।
त्यस्तै, जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्लीमा पहिरोमा परि १८ महिनाका शिशु सुरज सारुको ज्यान गएको छ । भने सोही स्थानकी सात वर्षिय अपेक्षा खत्रीको ज्यान गएको हो । सोही स्थानकी वर्ष २७ कि ईश्वरी खत्री गम्भीर घाइते भएकी छन् । साथै, बेपत्ता हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
यता मुसिकोट नगरपालिका वडा नम्बर दुईमा पनि ठुलो मात्रामा क्षति भएको छ । विभिन्न स्थानमा पहिरो जाँदा घरहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार राज पन्तले बताए ।
अविरल वर्षा र ठाउँठाउँमा पहिरो जाँदा उद्धार गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved