कञ्चनपुर । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्लाको पुनर्वास नगरपालिका-५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी भइरहेको छ ।’ सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीय बताउँछन् । प्रहरीले भने विस्तृत अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved