कोरोना भाइरस हावाबाट पनि सर्छ

  • असार २२, २०७७
  • कालापानी मिडिया
alt

बिश्व । विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणमा रहने नोभल कोरोनाभाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई सच्याउन आग्रह गरेको छन् ।
डब्लूएचओले कोभिड-१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै आएको छ ।

न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स-साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् ।

पछिल्लो समय रेस्टुरेन्ट, कार्यालय, क्यासिनो लगायतमा कोरोनासंक्रमितहरुको क्लस्टर फेला पर्न थालेका छन् । जसले वैज्ञानिहरुले लामो समयदेखि भन्दै आएको हावाको माध्यमबाट कोरोनाभाइरस फैलिन्छ र यसले नजिकमा रहेकालाई संक्रमित बनाउँछ भन्ने कुरामा थप बल पुर्याउँछ ।

यदी यो पुष्टि भएमा घरभित्र सामाजिक दुरी कायम गरेपनि मास्क लगाउन अनिवार्य गर्नुपर्ने हुनेछ, विशेष गरेर राम्रो भेन्टिलेसन नभएको स्थानमा ।

यता, डब्लूएचओका डा.बेनेडेटा अलेग्रान्जीले हावाको माध्यमबाट पनि कोरोनाभाइरस फैलिन्छ भन्ने तथ्य अविश्वस्नीय भएको बताए । उनले पछिल्लो केही महिनामा हावाको माध्यमबाट कोरोनाभाइरस सर्न सक्ने सम्भावनामा चर्चा गरे पनि यसबारे स्पष्ट प्रमाण फेला नपरेको जिकिर गरे ।

डब्लूएचओले सधैँ हात धुने कुरामा जोड दिँदै आएको छ जबकी सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनले भने सतहबाट कोरोनाभाइरस सर्ने सम्भावना कम हुने बताएको छ ।
स्रोत न्युयोर्क टाइम्स

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved