काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जारी छलफल सकिएकोे छ ।
बिहान ९ बजेपछि सुरु दुई अध्यक्षबीचको बैठक करिव अढाइ घण्टा छलफल पछि सकिएको हो । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ ।
यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका ओली र प्रचण्ड सोमवार भने एक्लाएक्लै संवादमा बसेका हुन् ।
दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने नखुलेपनि अध्यक्ष प्रचण्डले पाँच वुँदे सहमती, कार्यदल गठन भएको भन्ने कुरा निराधार भएको र राष्ट्रपतिलाई अभियोग लगाउने कुरा पनि निराधार भएको भन्दै प्रधानमन्त्री ओलीलाई बिस्वत पारेको श्रोतले जनाएको छ ।
पार्टीभित्र उत्पन्न विवाद साम्य पारेर पार्टीलाई विवादरहित ढंगले अघि बढाउन दुई अध्यक्षबीच निकास खोज्ने क्रम जारी छ
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved