काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज ७४ औँ वर्षमा प्रवेश गरेका छन् । यस वर्ष पूर्व राजा शाहले जन्मदिन नमनाउने गत हप्ता एक सन्देश जारी गर्दै निर्णय गरेका छन् ।
उनले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका हुन् । उनले सन्देशमा मुलुक अहिले कोरोनाबाट आक्रान्त रहेको उल्लेख गर्दै विदेशबाट फर्किने सबै नेपालीको श्रम, सिप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनुपर्ने उल्लेख गरेका थिए ।
यता, पूर्व राजाको जन्मोत्सवमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जन्मोत्सवको शुभकामना दिएका छन् । उनले भनेका छन्, ७४ औं शुभजन्मोत्सवको पावन अवसरमा पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेवमा सुख,शान्ति र सुस्वास्थ्यको मंगलमय शुभकामना ।
यस्तै शाहलाई पूर्व प्रहरी प्रमुख, पूर्व शैनिक देखी पूर्व मन्त्रीहरु र उनका शुभचिन्तकहरु लगायतले सुख,शान्ति र सुस्वास्थ्यको शुभकामना दिएका छन् ।
यता, पुर्वराजा शाहको जन्मोत्सव भव्य रूपमा मनाउनका लागि कंचनपुरको महेन्द्रनगर, कैलालीको धनगढी , नेपालगन्ज ,बुटवल ,पोखरा ,काभ्रे ,झापा, पाल्पा काठमाडौ लगाएत देशभर दीप प्रज्वलन देखि मोटरसाइकल र्यालिसम्म गरिदैछ ।
देशब्यापी रूपमा पुर्वराजा शाहको जन्मोत्सव मनाउनका लागि स्वतन्त्र नागरिक समाज, कपन,विभिन्न राजावादी संगठन ,हिन्दुवादी संगठन ,शिवसेना ,शाही युवा शक्ति नेपाल ,वीर गोर्खाली लगाएतले तयारी तिब्र पारेका छ्न ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved