प्रधानमन्त्री केपी ओली नै हुनु पर्ने माग गर्दै इटहरीमा युवाहरुले जुलुस निकालेका छन । पार्टी भित्रै प्रधानमन्त्री ओलीको राजिनामा माग गरिए पछि ओली पक्षधरले इटहरीमा जुलुस निकालेका हुन ।
इटहरी उपमहानगरपालिका अगाडि बाट पर्दशनमा निस्किएका युवाहरुले प्रधानमन्त्री ओली नै हुनु पर्ने माग राखेका थिए । प्रर्दशनमा नागरिकता बिधयेकको स्वागत गरौं, सुशासन सहितको स्थायी सरकार कायम गर, नेकपा सक्छौ प्रधानमन्त्री लाई सहयोग गर सक्दैन असहयोग नगर भन्दै खवरदारी गरेका थिए ।
कार्यक्रममा बोल्दै गायत्री लम्सालले अहिले सरकार परिवर्तन हुदा देश संकटमा पर्ने भएकाले स्वत स्फूर्त प्रधानमन्त्रीको पक्षमा जुलुस निस्किएको बताए । जुलुसमा करिब २ सय जनाको सहभागी थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved