सर्जक माधव न्यौपानेले अस्ट्रेलियाबाटै ल्याए, हरियो डलर

  • असार २६, २०७७
  • कालापानी मिडिया
alt

लगातार समय सान्दर्भिक गीत निकाल्दै आएका सर्जक माधव न्यौपानेले पनि तीज गीत बजारमा ल्याएका छन् । अस्ट्रेलिया रहेका माधव न्यौपानेको गीतमा माइती जान नपाएकी चेलीको वेदनाभन्दा पनि अस्ट्रेलिया जान नपाएका युवाको कथा व्यथालाई समेटिएको छ । केही वर्षयतादेखि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ ।
 
प्लस टु सकेर वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीको फेसन नै बनिसकेको छ। तीमध्ये धेरैको गन्तव्य अस्ट्रेलिया बन्दै आएको छ । यसैलाई व्यंग्य गर्दै गायक तथा सर्जक माधव न्यौपानेले तीज गीत बनाएका छन् । उनले विदेशको भूत हरियो डलर नाम दिएका छन् । गीतमा युवा युवतीले अस्ट्रेलिया जाने र हरियो डलर कमाउने सपना बुन्छन् । समुद्रको किनारमा घुम्दै सेल्फी खिच्ने र रमाउने योजना गीतको कथामा छ । नेपाल र अस्ट्रेलिया दुवै ठाउँमा छायांकन गरिएको भिडयोले नेपालका युवापुस्ताको चाहनालाई प्रस्ट झल्काउँछ ।
 
खुमन अधिकारी र प्रीति आलेको स्वरमा रहेको गीतको लय गायक अधिकारीकै हो । गीतमा शब्द माधव न्यौपानेको छ, भने अभिनय पनि उनी आफैँले गरेका छन् । साथमा प्रतीक्षा अधिकारी पनि छिन् । उनीहरू भएको भिडियो अस्ट्रेलिया खिचिएको हो । यता नेपालमा खिचिएको भिडियोमा भने महेश खड्का सृष्टि खड्काको अभिनय छ । एमएम इन्टरटेन्मेन्ट इभेन्टबाट हालै सार्वजिक गीतको संयोजक कृष्ण विक हुन् । अडियो मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन् । अस्ट्रेलियामा सिनेमाग्राफर श्री पराजुली हुन् । भिडियोको छायाङ्कन सुरेश श्रेष्ठ, निर्देशन प्रकाश भट्ट र सम्पादन विष्णु शर्माले गरेका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै टिकटकमा भाइरल भएको छ ।
 
‘सिड्नीको सिटीमा सेल्फी खिचौँला, मेलबर्नको सहरमा टिकटक बनाउँला, रमाउँला जमौला, हरिया डलर कमाउँला ’ गीतको यो भागमा टिकटकमा पनि धेरैले अभिनय गरेको देख्न सकिन्छ । यसअघिका सालमा पनि तीज गीत निकालेका सर्जक माधव न्यौपाने भन्छन् ‘तीज गीत असाध्यै मन पर्छ,’ सर्जक माधव न्यौपाने , ‘त्यसैले वर्षेनी गीत निकाल्छु ।’ एक दर्जनभन्दा बढी गीत निकालिसकेका माधव न्यौपाने समाजमा देखिएका यथार्थ र कटु सत्यलाई गीतको माध्यमबाट बाहिर ल्याउने सर्जक मानिन्छन् ।
उनका यसअघिका १४ अञ्चल ससुराल, बनको न्याउली, लकडाउनको डोरी, ढुकुर ढुकुरनीलगायत गीतले चर्चा कमाएका थिए । ‘गीत भनेको लोकलयमा आधारित, नेपालीपन र नेपाली परिवेश झल्किने हुनुपर्छ,’ सर्जक माबध न्यौपाने भन्छन्, ‘त्यसैले मेरा गीत धेरै रुचाइएका हुन सक्छन् ।’
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved