पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपाबाहेक अन्य कुनै पनि दल कांग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने ठोकुवा गरेका छन् ।
बुधवार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री लिङ्देनले कांग्रेस र कम्युनिष्ट दुवै नेपालको दुर्दशका कारक बनेको भन्दै त्यसबाट बाहिर निकाल्ने काम राप्रपाले मात्र गर्न सक्ने बताए ।
देशको प्रमुख समस्या भ्रष्टाचार, बेथिति, बेरोजगारी समस्या, सीमा रक्षा, धर्म परिवर्तन रहेको दृष्टान्त प्रस्तुत गर्दै महामन्त्री लिङ्देनले उप निर्वाचन मार्फत असफलतालाई निरन्तरता नदिन र भ्रष्टाचारलाई अनुमोदन नगर्न अपील गरे ।
समाजवादीलाई कटाक्ष
जातीयताका आधारमा संघीयता र ११ प्रदेशको माग गर्नेहरुले देशको विकल्पको रुपमा आफूलाई प्रस्तुत गरिरहेको सन्दर्भमा महामन्त्री लिङ्देनले संघीयता देशले धान्न नसक्ने अवस्थामा पुगिसकेको र जातीय संघीयता पक्षधरहरु कहिल्यै विकल्पको रुपमा हुन नसक्ने ठोकुवा गरेका छन् ।
उपेन्द्र यादव र डा।बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेश बनाउनु पर्ने धारणा सार्वजनिक गरेको थियो ।
लिङ्देनले देश भुगोल र माटोले मात्र नबन्ने भज्दै सिक्किमको उदाहरणबाट सिक्न र राष्ट्रियताको पक्षमा एकजुट हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved