स्पेनिस ला लिगा फुटबल बार्सिलोनाको साँघुरो जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको साँघुरो जित, सीरी ए फुटबलमा युभेन्टस बराबरीमा रोकियो, प्रिमियर लिगमा लिभरपुल र बर्नलीको खेल पनि बराबरी

  • असार २८, २०७७
  • कालापानी मिडिया
alt

काडमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले साँघुरो जित निकालेको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

भिडालको गोलमा अस्सिट गरेसँगै मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ ।

एक खेल कम खेलेको रियलको ८० अंक छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved