काठमाडौं । स्पेनिश ला लिगा फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । बिहीबार राति भएको खेलमा भिल्लारियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियालले एक खेल अगाबै लिगको उपाधि जितेको हो ।
रियाललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए । बिहीबार रातिको खेलमा दोस्रो स्थानको बार्सिलोना पराजित हुँदा रियालले अझ फराकिलो अन्तर बनाउँदै उपाधि जितेको हो ।
उपाधि जित नजिक पुगेर बार्सिलोना कमजोर भएपछि रियालले उपाधि जितेको हो । घरेलु मैदानमै खेलेको बार्सिलोना ओसासुनासंग २–१ गोल अन्तरले पराजित भयो । लियोनल मेस्सीले गोल गरे पनि टिमलाई जिताउन सकेनन् ।
अन्तिम चरणका खेल हुन बाँकी रहँदा रियाल मड्रिडको ८६ अंक भएको छ । बार्सिलोनाको ७९ अंक भएको छ । तेस्रो स्थानको एथलेटिको मड्रिडको ६९ तथा सेभियाको ६७ अंक भएको छ ।
यस्तो बन्यो रियालको कीर्तिमान
उपाधिसंगै रियालले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । रियाल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब बनेको हो ।
यस्तै रियालले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो । यस अघि सन् २०१६–१७ को सिजन रियालले उपाधि जितेको थियो ।
यो उपाधिसंगै फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले आफूलाई उत्कृष्ट भएको दावीसमेत प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved