हिमानी कोषद्वारा कोरोना प्रभावितका लागि आठौँ चरणको सहयोग हस्तान्तरण

  • श्रावण २, २०७७
  • कालापानी मिडिया
alt

 काठमाडौं ।कोरोना प्रभावितहरुका लागि हिमानी कोषले आठौं चरणको राहत उपलब्ध गराएको छ । आज कोषको कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन । स्वास्थ्य सामाग्री विद्यालय, सामाजिक संघसंस्था र स्थानीय तहहरुलाई उपलब्ध गराइएको हो ।
 
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोषकि अध्यक्ष साहले कोरोना संक्रमण नियन्त्रणका लागि कोषले विपन्न र समस्यामा परेकाहरुलाई सहयोग दिने क्रम निरन्तर जारी राख्ने बताइन । अध्यक्ष शाहले नेपालमा लकडाउन पालना गर्दा गदै संक्रमित र मृतकको संख्या बढदै मा चिन्ता समेत प्रकट गरिन । दिन प्रतिदिनको खस्कदो अर्थतन्त्रवाट आम नेपाली नागरिकहरु रोग भोक र शोकले त्रसित हुनुका साथसाथै रोजिरोटीको समस्यावाट समेत आक्रान्त हुनु दुःखद भएको उनको भनाइ छ ।
कोरोनासँगै देशले कतै सलह कतै बाढीको सन्त्रास ब्यहोर्नु परेकोमा पनि शाहले चिन्ता जनाएकी छिन । कोरोना संक्रमणलाई मानिसको इच्छाशक्ति र प्रतिरोधात्मक क्षमताले पराजित गर्न सक्ने देखिएको भन्दै उनले विज्ञको भनाइला मनन गर्दै अनुशासित ब्यवहार र सकारात्मक सोचले सुरक्षित रहन पनि आब्हान गरिन ।
 
शाहले कोरोना महामारी विच आत्महत्या दर बढेकोमा पनि चिन्ता जनाएकी छिन । मानसिक स्वास्थ्य सन्तुलन राख्न आवश्यक परेमा परामर्शदाता एवं स्वास्थ्यकर्मीसंँग परामर्श लिन पनि उनले आब्हान गरिन । कोषले कार्यक्रममा पन्चकन्या स्कुल छाउनीका ५० विद्यार्थी, चितवनका ६० चेपाङ र केयर चाइण्ड काठमाडौंका १५ विद्यार्थीलाई लाई खाद्यान्न उपलब्ध गराएको छ । त्यस्तै रौतहटका आइसोलेसनका लागि १५ सय झुल, गोरखा नगरपालिकालाई ५ सय झुल र वाटर फिल्टर, कञ्चनपुर आइसोलेसनलाई पानी, लामखुट्टे धुप, सेनिटरी प्याड, जिवनजल लगायत सामाग्री उपलब्ध गराएको छ । केही स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको छ । यसअघि पनि कोषले चिकित्सक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई विभिन्न चरणमा सहयोग उपलब्ध गराएको थियो । कोषले प्रधानमन्त्री कोषमा समेत २ करोड सहयोग गरेको छ ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved