कठै हाम्रो देश भक्ति !

  • श्रावण ४, २०७७
  • कालापानी मिडिया
alt

बिनोद नेपाली ।

हाम्रो देश प्राकृतिक स्रोत साधनमा भरिपुर्ण छ । रमणिय छ । आन्नद छ, प्रत्येक नेपाली लाई गर्व छ  नेपालमा जन्मिएकोमा खुसी छन् । तर, देश बनेन देश गरिब छ अव्यवस्थित छ नेताहरुले केही गरेनन् । नियम कानुन भएन साना लाई ऐन ठुलो लाई छैन । छ त मात्र असन्तुष्टि, पीडा, सारा नेपालीमा । तर हाम्रो उतरदायित्व के त ? हाम्रो मुल्य मान्यता के त ? हाम्रो नैतिक शिक्षा के त ? यस तर्फ ध्यान कहिले जाने ?

हुन त शैक्षिक छेत्र बाट नैतिक शिक्षा हटाइयो । नैतिकता घोटेर पिलाउने पनि होइन । हामी रास्ट्रप्रती कति इमानदार छौ, साच्चिकै देशको माया कस्लाइ छ सरकारको बिरोध गर्नु रास्ट्रवाद हो ? सामाजिक संजालमा अनगिन्ती भाव पोख्नु लेख्नु देशको माया हो ? हाम्रो उत्तरदायित्व चाहिँ के हो त ? हामिलाइ जागिर खान अर्थात, खुवाइदिने शक्ति चाहिन्छ ।

बैधानिक तरिकाले आफ्नो दक्ष क्षमताभन्दा शक्तिको दुरुपयोग गर्नु छ फास्ट ट्रयाकमा धैर्य नगरी सबै चाहिएको छ । अनगिन्ती छरपस्ट रास्ट्रवाद देखिन्छ । बोलिन्छ, सूनिन्छ । आखिर मोह कति छ ? आत्मा बाट कति लाई देशको माया छ ? प्रस्न जटिल छ । देश भक्ती साधारण भक्ती होइन आफू जन्मिदा नाभि गाडिएको माटोको माया कतिलाई छ ? कति इमानदारी छन् भन्ने कुरा छ । जनताको परिभाषा एकै देश भित्रको भुगोल बस्ने सबै जनता हुन ? या चुनावमा भोट हाल्ने जनता हुन् । माइतीघर मण्डला, बानेश्वरमा मनभित्र नराखी झण्डा हल्लाउने जनता हुन् या बिहान कमाएर बेलुका खाने जनात हुन ?

यो शासक सत्ताको बिषयमा अनभिज्ञ जो आफ्नो काम गर्छ खान्छ उ जनता हो परिभाषा यकिन छैन । हामी कुन घरातल मा छौ हाम्रो इच्छा आकांक्षा अनगिन्ती छन् पैसा सुख बिलासी हाम्रो चाहाना छ ती चाहना पूरा गर्नु छ ती चाहना पूरा गर्दा हामी देश प्रती कति इमानदार छौ मुल्यांकन कहिले गरेका छौ ? नेता हरु त राजनीति अबस्य नै गछन् उनिहरु को पेसा हो हामी चाहिँ आफै आफ्नो स्वाथ को लागि कति राजनीति गर्ने गराउने ठेक्का पट्ता कमिसन फोन मा सेटिग सकेसम्म कस्लाइ मन छ,हात खुट्टा ले दुख गरेर कमाउन सके सम्म नकमाएको सम्पत्ति आन्नद लिने कति छौ देश प्रती यो कति योगदान हो ? स्वदेशी बस्तु उत्पादन मा हाम्रो लगाव कती छ बिस्वस्नियता कति छ कति हामी प्रयोग गरिरहेका छाौ या बिश्वास छैन नेपाली उत्पादन बस्तु बिदेश ब्रान्डेट नै प्यारो छ अथवा नेपाल मा के बन्छ र हाम्रो मानसिकता अजिब छ बिदेशी सामान उत्कृष्ट छ ।

समाज ज्यादै बिकृत छ, हुँदै छ, भैरगेको छ, यहि हो त रास्ट्रवाद भाइरल हुने ट्रेडिग छ छय्प छपाप्ती जस्ले जे बोल्दा नि हुन्छ सबै को आफ्नो आफ्नो अभिव्यक्ति छ सवै जान्ने नै सवै बुद्धिजीवी नै न अनुगमन छ न अनुसासन नै साच्चिकै हामी अनियंत्रित अपरिप्क्व देश भक्ती को लागि निपुण सदा आखिर किन ? खै हाम्रो आत्माले माया गरेको देश को लागि खै आत्मा बाट सम्मान ।वैदेशिक रोजगार देश को मेरुदण्ड छ देश चलेको छ तर उता बाट कमाएको सम्पती उतै फर्किएको छ मोबाइल ल्यापटप सुन ब्राडेट ब्रान्डेन सामान आकाक्षा ठुलो छ चाहना असिम छ देश खोक्रो छ हामी पोटिला सुकुला मुकिला फुर्ती छ ।

खै देखिदैन अझ धेरै बर्ष सम्पन्न हाम्रो छाट काट छैन देश बनाउन हामी हाम्रो धुन मा मख्ख देखिदैन नयाँ आसा को पालुवा हरु रास्ट्रवाद बनावटी छ निमुखा सोझा पीडित लाई देखाएर खाने दलाल को बिगबिगी छ हामी भित्र कति इमानदारी छ कति खोक्रो रास्ट्रवाद छ मुल्यांकन आफै सग छ । बिगत साच्चिकै देश हुदा खेरी कति वज्थे रेडियो मा देश प्रती सम्मान का गित हरु स्वदेश गान हरु कति सिनेमा बन्थे माटो सग जोडिएको यहाँ को मौलिकता सग जोडिएको अर्गानिक रास्टवाद थियोे खै अहिले कहाँ छ घट्दै छ अलि फरक दोस नेतालाइ थुपार्ने रास्ट्रवाद छ खै कस्ले बनाउने को जन्मिने लथालिङ्ग चलिरहेको यो देश चल्न त चलेको छ तर स्वधिनता सार्बभौमसत्ता कति कमजोर हुँदै छ यकिन छैन । चाहिए जति योगदान देशले मागे जति उत्तरदायित्व रचनात्मक भुमिका कति छ ? मेरो प्रस्न सबै लाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved