काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, यूएईमा पाँच र कुवेतमा तीन जनाको मृत्यु भएको हो ।
कतारमा मृत्यु भएका आठमध्ये दुई जनाको मृत्यु हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको मृत्युपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved