विर्तामोड । इलामको मैनाचुली बाढी मापन केन्द्रमा कनकाई नदीको बाढीले सतर्कता तह पार गर्न लागेको भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधरणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मैनाचुलीमा सोमबार साँझ ६ बजे गरेको मापनले यस्तो संकेत गरेको केन्द्रले जनाएको हो।
नदी तट आसपास नजान मानिसहरूलाई सचेत गराइएको छ। नदी आसपासका बस्तीका सर्वसाधारणलाई राती अवेरसम्म सतर्कता अपनाउन केन्द्रले सर्वसाधरणलाई म्यासेज पठाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved