साधना न्यौपाने, स्याङजा । स्याङजाको गल्याङमा पहिरो जादा एक जनाको मृत्यु भएको छ । बुधवार विहान ३ वजे गएको पहिरोमा परी ५२ वर्षिया माया सारुको मृत्यु भएको हो भने उनिकी छोरी २२ वर्षिया नारायणी सारु घाइते भएकी छिन ।
गल्याङ वडा नम्वर १० मा आमा छोरी मात्रै बस्ने गरेको र राती सुतेको समयमा पहिरो गएको स्याङजा प्रहरीले जनाएको छ । घाइते छोरीको अवस्था सामान्य रहेको र उनको वालिङ अस्पताल स्याङजामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved