पश्चिम तराईमा हुस्सु, कुहिरो र शितलहर

  • पुस २, २०७६
  • कालापानी मिडिया
alt

पश्चिम तराईमा हुस्सु, कुहिरो र शितलहर चलेसँगै चिसो बढेको छ। सामन्य रुपमा परेको झरीले जनजीवन समेत आंशिक रुपमा प्रभावित भएको छ । भैरहवा विमानस्थलको जल तथा मौसम मापन केन्द्रका प्रमुख राममणी मिश्रका अनुसार भैरहवाको दिउँसो २ बजे तापक्रम १५ दश्मलव २ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईमा सबैभन्दा बढी चिसो सिमरामा ११ दशलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै मंगलबार बिहान ८ बजे मापन गरिएको तापक्रम अनुसार नेपालगंजको तापक्रम १२ दश्मलव शून्य, धनगढीको १२ दश्मलव ४, जनकपुरको १२ दश्मलव शून्य तथा विराटनगरको १५ दश्मलव शून्य डिग्री सेल्सियस रहेको छ ।
यता, तराईका पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरूमा पनि चिसो बढ्दै गएको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । जिल्लाहरुमा चिसो संगै बढेको शीतलहर र हुस्सुका कारण बालबालिका र बृद्धबृद्धाहरु बढि प्रभावित भएका छन् । चिसो र शीतलहरले मान्छेहरु बाहिर हिँडडुल गर्न समेत कठिनाई भएको छ । मौसम परिवर्तन भएसँगै एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्नुका साथै घाम कमलाग्ने गर्दा तराईबासी प्रभावित भएका छन् । चिसो हावाका कारण पर्सा सदरमुकाम वीरगञ्जको बजारमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कन समेत समस्या हुने गरेको छ ।

शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ । चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने गरेका छन् । चिसोका कारण सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ । अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ । केहि दिन अगाडि तराईका जिल्लाहरू वर्षा भऐकोले चिसो बढेको हो । अचानक चिसो बढ्दै मौसममा परिवर्तन आउँन थालेपछि दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने सर्वसधारणहरु प्नि प्रभावित भएका छन । चिसो र शीतलहरले गर्दा बाहिर हिँडेर काम गर्न समस्या भएको छ ।

चिसोले बिरामी हुने क्रम पनि बढेको छ । बूढाबूढीमा दम, खोकी, ज्वरो र भाइरलको समस्या देखिएको छ । बिहानै देखि एक्कासि चिसो बढेका कारण साना बालबालिकालाई विद्यालय जान समेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved