नारायणहिटीबाट गणतन्त्र स्मारक हटाएर राजा महाराजको इतिहासको झलक देखिने बनाउनुपर्छ-माधव नेपाल

  • श्रावण ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ।

वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले शिलान्यास गरेको तथा वि.स. २०७६ साल जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घान गरेको गणतन्त्र स्मारक र निर्माणको क्रममा रहेको गणतन्त्र संग्रहालय नारायणहिटीबाट हटाउनु पर्ने आवाज सत्तारुढ दलभित्रैबाट उठेको हो।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताए। नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भएपनि गलत तरिकाले बनाइएको उनको भनाई छ।

पटक–पटक गणतन्त्र स्मारक हटाउनु पर्ने धारणा राख्दै आएका नेता नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताए। नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पुरानो जग देखिने गरी विकास गर्नुपर्ने धारणा उनको छ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘गणतन्त्र स्मारक त्यहाँ राख्नु उपयुक्त छैन। त्यसका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ, गणतन्त्र संग्रहालय। जसमा जनताको आन्दोलन र सामाजिक आन्दोलनदेखि लिएर सबै कुरा बेग्लै किसिमको संग्रहालय गणतन्त्र आइसकेपछिको नेपालले बनाउनुपर्छ। नारायणहिटीलाई राजा महाराजले पुरानो इतिहासको सम्पूर्ण झलक देखिने गरी बनाउनुपर्छ। त्यहाँ अरु कुनै कुराहरु गर्नु हुँदैन।’

यता नारायणहिटी दरबार संग्रहालय भने स्मारकको निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने समय कुरिरहेको छ। लकडाउनका कारण तत्काल सम्भव नभएपनि सरकारले संग्रहालयहरु खुला गर्ने निर्णय सरकारले गरेपछि सर्वसाधारणका लागि खुला गरिने नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए।

सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विभागले स्मारक निर्माण सम्पन्न गरी गत माघ ३ गते नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरिसकेको छ। गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने व्यक्तिहरुको सम्मानमा स्मारक निर्माण भएको र गणतन्त्र संग्रहालय डेढ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए।

सहिदहरुप्रति गरिने सम्मान, श्रद्धाञ्जलीका कार्यक्रम यसअघि सहिद गेटमा गरिँदै आएकोमा अब गणतन्त्र स्मारक भित्रै गरिने उनले बताए। ९ वर्ष मुनि र ७० वर्षमाथिका नागरिकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिने उनले बताए। स्मारकभित्र निर्माण भएको स्टेडियममा हरेक शुक्रबार कार्यक्रम गर्ने योजना अनुसार गृहकार्य भइरहेको पनि उनले बताए।

उपत्यकामा बसोबास गर्ने नागरिक र विदेशबाट आउने पर्यटकहरुको प्रमुख गन्तव्यस्थलको रुपमा विकास गरिने उनले बताए। एउटै टिकटले नारायणहिटी संग्रहालय, गणतन्त्र संग्रहालय र गणतन्त्र स्मारकको अवलोकन गर्न पाइने उनले बताए।

स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी, सिमेन्टलगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ। यद्यपि नेपालको अद्यावधिक नक्सा अनुसार त्यसलाई परिमार्जन गर्न बाँकी रहेको छ। कालापानी, लिपुलेक र लिम्यिाधुरा सहितको भूमि जोड्ने काम छिट्टै सुरु हुने उनले बताए।

स्मारकको छानाबाट प्रकाशका राता किरण खसाइएको छ। आन्दोलनका क्रममा मृत्यु भएका, बेपत्ता पारिएका, हराएका र अंगभंग भएकाहरूको स्मरण गराउने गरी स्मारकमा चारवटा स्तम्भ निर्माण गरिएका छन्। स्मारकमुनिका दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तिका क्रममा खिचिएका तस्बिर राखिने छन्।

दोस्रो तलामा नेपालको संविधान सम्बन्धी विभिन्न विषयवस्तु संग्रह गरिने छन्। स्मारक वरिपरि बगैँचा निर्माण गरिएको छ। दरबार क्षेत्रको पूर्वी भागमा बनाइएको स्मारकभित्र पार्क र भूमिगत हल पनि छ।

देश सञ्चार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved