भद्रगोल नेपालको शिक्षा नीति

  • श्रावण ११, २०७७
  • कालापानी मिडिया
alt

अनिश बिक्रम शाह ,
शिक्षा अर्थात ग्यान को बोध । पौराणिक काल देखि नेपाल मा मात्र हैन बिश्वमा शिक्षा को महत््व कायम रहदै आएको छ । प्राचीन कालमा शिक्षा गुरुकुलमा प्राप्त हुन्थ्यो । अर्थात,ऋषि मुनिहरुको आश्रममा शिक्षा दिइन्थ्यो । त्यस बेला मुख्य गरेर वैदिक वा अध्यात्मिक शिक्षा दिइन्थ्यो । राजा वा राज्कुमार हरुलाइ राज धर्म,नीतिशास्त्र,सस्त्र अस्त्रज्ञान, राज्नितिक शिक्षा मुलतः प्रदान गरिन्थ्यो । ज्ञानलिनु र दिनुमा कुनै निहित स्वार्थ हुदैनथ्यो ।

कुनै व्यक्तिगत फाइदा पनि हेरिदैन थियो । शिक्षा वा ज्ञान केबल व्यक्तीलाई अन्धकारबाट प्रकाशको मार्ग लैजाने एउटा बलियो कडि थियो । केबल लोक कल्याणको लागि ज्ञान आदान प्रदान हुन्थ्यो । तर समयको चक्र संगै शिक्षा नीति र प्रणालीमा ठुलो परिवर्तन आयो । अध्यात्मिक र वैदिक शिक्षालाई एकाएक ध्वस्त बनाएर संसारमा भौतिक शिक्षा प्रणाली लागू गरियो । शक्तिसाली देशहरुले दुनियालाई आफ्नो मुठी मा जगड्न आफ्नो अनुकुल को शिक्षा नीति अबलम्बन गर्न लगायो ।

बिशेषगरि ति शिक्षा नीति गरिब र अल्पविकसित देशहरुमा लागू गरियो । जुन अहिले सम्म कायम नै छ । तर, मोङ्गोलियन देशहरुले भने आफ्नै शिक्षा प्रणाली अपनाएको देखिन्छ । वास्तवमा शिक्षा नीति आफ्नो देशको भूगोल,इतिहास ,संस्कृति ,धर्म र समाज अनुरुप हुनुपर्ने हो । तर, दुनिया जान्नु पर्छ भन्ने दबाबमा अनेक थरिको शिक्षा नीति नेपाल भित्र जबर्जस्ति लादियो । जुन शिक्षा नीतिले मान्छेको हित गर्दैन त्यो शिक्षा नीति खारेज गरिनु पर्छ । कुनै पनि शिक्षाले व्यक्ती, परिवार, समाज र रास्ट्रको हित गर्न सक्नुपर्छ । पूजीवादी र सशांकहरुले जून जून को मगज मा यस्तरी फुकिदियो कि बर्तमन भौतिक शिक्षा मान्छेको प्राण भयो । भविस्य उज्यालो होस कि नहोस आफ्नो सन्तानलाई जसरी हुन्छ शिक्षालय पठाउनै पर्ने बाध्यता । जुन किताब ले मान्छेको आचरण र जीवन उज्वल बन्न सक्थ्यो त्यो किताब पाठ्यक्रम बाटै हटाइयो ।

उदाहरण को लागि नैतिक शिक्षा । बैकल्पिक विषयमा राख्नुपर्ने पुस्तक लाई अनिवार्य बनाइयो । विद्यार्थी माथी मानसिक र शारिरिक भार थपिदियो । मान्छेको मगज मा कअि नै जिन्दगी को प्रमुख लक्ष हो भन्ने गलत मानसिकताको विकास गरिदियो । खाली अरुले आविस्कार गरेको थिवोरी घोक्नु पर्ने । कबिता घोक्नु पर्ने,परिभाषा कन्ठस्त पार्नै पर्ने यस्तो घोकन्ते बिद्याले न राज्य बन्छ न प्रजा । आज भोलि त शिक्षामा धन्दा चलेको छ । निजि बिध्यालय को त कुरै छाडौं सरकारी बिध्यालयमा समेत करडौको भ्रस्टाचार छ । अचम्मको कुरा के छ भने सुबिधा सम्पन्न बिध्यालयको विद्यार्थी र विकट ठाउँका बिद्यार्थीलाई सोधिने कभभ,र उच्च शिक्षाको परिक्षा प्रश्न पत्र समेत एउटै हुन्छ । यदि प्रश्न समान हुने र मान्यता पनि समान हुने भए शिक्षामा किन यति ठुलो विभेद ?

त्यहि शिक्षाको लागि कतै वर्र्षमा लाखौं खर्चिनु पर्ने कतै केही हजार । सामन्य बिषयमा वा स्नातक गरेपनि यो देशमा केही अवसर न पाइने रहेछ । आजभोली को शिक्षा ले मानिस मा नैरस्यता, बाहेक अरु केही जन्माउदैन । सबै सङ डाक्टर ,इन्जिनियर ,सिय, नर्सिङ, होटेल बेबस्थापन पढ्न सक्ने क्षमता र लगानी नहुन सक्छ ।

त्येसैले प्राबिधिक शिक्षा को विकल्प छैन अब । नैतिक र सीप मुलक शिक्षा नीति ले मात्र प्रजा र राज्य को हित हुन सक्छ नत्र माछा माछा भ्याकुतो । तीन चार महिना संकट काल पर्दा शिक्षक लाई तलब दिन नसक्ने बिध्यालय हरु खारेज गर्नु पर्छ । शिक्षा मा पुर्ण सरकार को लगानी हुनु पर्छ।शिक्षा छेत्र मा देखियको अनियमितता,कमि कम्जोरी हरुलाइ सुधार गर्दै सीप मुलक र रज्य अनुकूल शिक्षा प्रणाली लागू गर्नु पर्छ । यो भद्रगोल शिक्षा नीतिले रास्ट्रको उन्नति हुन सक्दैन । बर्तमान शिक्षा नीति ले एकाध व्यक्ति मात्र सम्पन्न बन्न सक्छ भने देश मा बेरोजगार भयावह स्थितीमा पुग्छ । त्यस कारण सम्पुर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनु अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved