पहिरोमा परि व्यपत्ता एकको शव भेटियो

  • श्रावण ११, २०७७
  • कालापानी मिडिया
alt

प्रेम थापा, बाग्लुङ / बागलुङ नगरपालिका वडा नं १ निरयघाट स्थित सामुदायीक वन क्षेत्रमा शनिबार राति गएको भीषण पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ ।
बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरयघाट जाने बाटोको बिचमा खसेको पहिरोमा पुरिएका ध १ त ४०७ नम्बरका ट्याक्टर सहचालक बागलुङ नगरपालिका ५ मालिकाका धनबहादुर किसान आइतवार विहान मृत अवस्थामा फेला परेका हुन् ।सनिबार राति करिब ९ बजेतिर सडकमा पहिरो पन्छाउने क्रममा अचानक खसेको सुख्खा पहिरोमा टिपर चालक पर्वत बनौ पुख्यौली घर भई हाल कास्की बस्ने निर्मल पुन समेत पुरिएको आशंका गरिएको छ । अहिले प्रहरी र स्थानीयद्धारा उद्धार कार्य जारी छ ।
पहिरोमा परी ग १क ४७३२ स्काभेटर, ध १ त ४०७ नम्बर को ट्याक्टर र ग १ क ४६३७ नम्बरको ट्रिपर पुरिएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए । राती 2 बजे सम्म ट्याक्टर सहचालक र टिपरका चालकको मोवाईलमा फोन गइरहे पनि फोन रिसिव भएको थिएन ।
स्काभेटरका चालक सिन्धुपाल्चोक घर भई बानपा १ रामरेखा बस्ने टेकबहादुर कोइराला भने राति नै सम्पर्कमा आएका थिए । उनले पहिरो झरेपछि बल्लबल्ल भागेर ज्यान बचाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved