सेल्फीरोड “कोरोना कहर भन्दा ठुलो मनको रहर” (फोटो फिचर)

  • श्रावण १२, २०७७
  • कालापानी मिडिया
alt

कुमार खड्का, मोरङ । मोरङको पथरीशनिश्चरे सेल्फी सडक यतिवेला निकै चर्चामा आएको छ । सामाजीक संजाल टिकटकमा भिडियो बनाउनेहरुको भिडका कारण यो सडक चर्चामा आएको हो ।

109957814_614216149203267_5408534885555601710_n

तस्वीरमा देखिएको कुनै जात्राको भिड होइन, न त यहाँ वनभोज, पार्टी, सेमिनार नै भइरहेको छ । तर पनि सडकभरी भिड देखेर तपाईलाई अचम्म लाग्न सक्ला । तर, अचम्म नमान्नुस किनकी अचेल पथरीशनिश्चरे सडकमा दैनीक मानीसको भिडभाड नै यस्तै नै हुन्छ ।

113736808_3043126929098673_8875858624389926798_n

सामाजिक संजाल टिकटकबाट एका–एक चर्चामा आएको पथरीशनिश्चरे २ को सेल्फी रोड यतिवेला “कोरोना कहर भन्दा ठुलो मनको रहर” नै वनेको छ । कोरोना कहरका कारण ४ महिना सम्म लुकेर वसेका मानिसहरु, लकडाउन केही खुकुलो भएसँगै ३ साता यता देखि मनको रहर पुरा गर्न सेल्फी रोड पुग्ने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको सुनझोरा पूल पश्चिम पट्टिबाट दक्षिणतर्फ लाग्ने ११ सय मिटर लामो कालोपत्रे सडक साँच्ची कै सुन्दर देखिन्छ । सडकको पूर्व पश्चिम चौतारी सामुदायिक वनले हुर्काएको एक नासका सालका बिरुवाको खुला जङ्गल सगै चिल्लो कालोपत्रे सडकमा लिएका तस्वीरहरुले सवैको मन लोभ्याउने गरेको छ ।

109686680_732034790929797_7964258068074998311_n

आर्कषणवाट प्रभावित वनेर दैनिक हजारौ मानिसहरु यो रोडमा भेला भएर टिकटक वनाउन र फोटो खिच्न आउन थालेपछि पथरी, मंगलवारे र उर्लावारीका केही व्यापरीको ठेला व्यापार पनि फस्टाएको छ । यस क्षेत्रलाई विकास गरेर आर्कषक केन्द्र बनाउने तयारी भइरहेको वडा नम्वर २ का अध्यक्ष यामप्रसाद गुरागाईको भनाइ छ ।

116044192_3043126995765333_5885434583777603915_n

यस्तो असावधानीपूर्ण वाक्लो उपस्थितीले कोरोना फैलन सक्ने डर त छदै छ सडकमै रहेका ठेला व्यापारी अनि रफतारमा हुईकिएका मोटरसाइकल र टेम्पोहरुको वेगमा कलिला नानीहरु दुर्घटनामापर्ने उच्च जोखिम पनि बढेको छ । दुर्घटनाको उच्च जोखिमलाई न्यूनीकरण गर्न स्थानीय सरकारले कुनै कदम चालेको देखिदैन ?

114244650_3043126679098698_4579253462504038923_n 109708606_305595283920952_6362841278421317477_n  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved