कोरोना भाइरसः डब्ल्यूएचओले घोषणा गरेकामध्ये सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट

कोरोनाभाइरस डब्ल्यूएचओद्वारा घोषणा गरिएको छैटौँ विश्वव्यापी स्वास्थ्य सङ्कटकाल हो

  • श्रावण १३, २०७७
  • कालापानी मिडिया
alt

कोभिड-१९ विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेकामध्ये सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य सङ्कट भएको उसका प्रमुखले बताएका छन्।

डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीबारे समीक्षा गर्नका लागि डब्ल्यूएचओको आपत्‌कालीन समितिको बैठक यसै साता पुनः बोलाउने बताए।

यसअघि विश्व स्वास्थ्य सङ्गठनले अन्य पाँचवटा स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेको छः इबोला (दुई पटक), जीका, पोलियो र स्वाइन फ्लु।

गत ज्यानुअरी महिनामा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिएयता विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् भने साढे ६ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

सुझाव
ज्यानुअरीको ३० तारिखमा मैले जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय सङ्कटकालको घोषणा गर्दा चीनबाहिर सयवटा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो, मृत्यु भएकै थिएन, टेड्रोसले भने।

कोभिड-१९ ले हाम्रो विश्वलाई बदलिदिएको छ। त्यसले मानिसहरूलाई, समुदायहरूलाई र देशहरूलाई एकसाथ ल्याइदिएको छ र उनीहरूलाई अलग पनि पारिदिएको छ।

विगत ६ हप्तामा कुल सङ्क्रमित सङ्ख्या सालाखाला दुई गुनाले बढेको टेड्रोसले बताए। कोरोनाभाइरससँग जुझ्नका निम्ति विश्वले ठूलो प्रयत्न गरिरहे पनि अझै धेरै गर्न बाँकी रहेको टेड्रोसले उल्लेख गरे।

विश्व स्वास्थ्य सङ्गठनको आपत्‌कालीन कार्यक्रमका निर्देशक माइक रायनले भविष्यमा सीमाहरू बन्द राखिराख्न देशहरूका लागि लगभग असम्भव हुने बताएका छन्। अर्थतन्त्रहरू खुला हुनुपर्ने हुन्छ, मानिसहरूले काम गर्नुपर्ने हुन्छ, व्यापार पुनः शुरू गर्नुपर्ने हुन्छ, उनले थपे।

यद्यपि फेरि सङ्क्रमण फैलिएका देशहरूमा थप लकडाउन गर्न आवश्यक पर्न सक्ने विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरू स्वीकार्छन्।

तर सम्भव भएसम्म छोटो समयका लागि र निश्चित भूगोलका लागि हुनुपर्ने उनीहरूको सुझाव छ। भाइरसलाई हामी जति बुझ्छौँ त्यति नै हामी त्यसलाई नियन्त्रण गर्न सक्छौँ, उनले थपे।

बीबीसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved