सामाजीक संजालमा आइरहेको भ्रम सत्य होइन

  • श्रावण १४, २०७७
  • कालापानी मिडिया
alt

अनुपमा जोशी ।
राम्रो काममा बाधा अड्चन ल्याउने धेरै नै हुन्छन् । अझ आफु काम गर्न नसक्ने अनि अर्काले काम गरेको पनि देख्न नसक्ने, खेदो खनिहाल्नेहरुकै कारण राम्रो कार्य गर्नेको पनि दाल पिस्दा घुन पिसियो भने झै हुन्छ । तर, हामीले कागले कान लग्यो भनेर कागको पछि दौडिने कि आफ्नो कान छाम्ने ? अर्काको भनेको भरमा, सुनेको भरमा र कसैले सुनाइखिएकै भरमा कसैको जिवनमा आँच आउने कार्य गर्न हुदैन र यथार्थ के हो बुझ्ने प्रयास किन गर्दैनौ । हाम्रो सानो गलतिले अरुको जिवनभरी गरेको सत्कर्मको सत्यानास हुन्छ भन्ने तिर ध्यान किन दिदैनौ । कसैको चाकडी गर्नकैलागि उसले गर्दै नगरेका कार्यलाई आसमानमा उचाल्ने र कसैले राम्रो गर्दैछ भनेपनि उसको बदनाम गर्न पिछा नछोड्ने बानीले हाम्रो समाज झन झन पछि परीरहेको छ ।

प्रसंग हो कञ्चनपुरको बेदकोट नगरपालिकाको । साचिक्कै भन्दा स्थानीय सरकार गठन पश्चात बेदकोट नगरपालिकामा कञ्चनपुर जिल्ला भरीमै राम्रो विकास भइरहेको छ । गाउँ गाउँमा सडक पुगिरहेका छन् । खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा नगरपालिका चनाखो भएरै कार्य गरिरहेको छ । बिगतका दिनमा हिड्न समेत नसकिने नगरका विकट वस्तीहरुमा बाटो घाटो, सडक, बिजुली र खानेपानी पुगिसकेको छ । नगर क्षेत्रका स्थानीय आफ्ना जनप्रतिनिधि त्यसमा पनि नगरका प्रमुख अशोककुमार चन्दको कार्यप्रति हर्षित छन् । उनिहरु आफ्ना नगर प्रमुखको मुक्त कण्ठले प्रसंशा मात्रै गर्दैनन् । उनको नराम्रो भन्नेलाई मुखभरीको जवाफ दिन्छन्

त्यसैले होला यतिबेला एउटा गिरोह लागिपरेको छ । बेदकोट नगरपालिका र नगरप्रमुखलाई कसरी पछारी पर्ने भन्ने तिर । कसरी बदनाम गर्ने भन्ने तिर । तर यहाँनिर प्रश्न उठ्छ, कञ्चनपुरको जुन नगरपालिका पहिलेदेखीनै निकै विकसित छ, जहाँ बाटोघाटो, शिक्षा, स्वास्थ्य पहिले देखी नै थिए । त्यही नै यतिवेला बिकास होइन विनास भएको भना हुन्छ । त्यहि नै यतिवेला भ्रष्टाचार र अनियमितताले जरो गाडेर बसेको छ । कुनै पनि कामले पूर्णता पाएको छैन, अनि त्यहि ठाउँका जनप्रतिनिधका आसेपासेहरुले अर्काको काम गराईमा प्रश्न गर्नु कतिको सोभनिय होला ? अझ भनु हुदै नभएको र गर्दै नगरेको कुकार्यलाई अर्काको थाप्लोमा थुपार्न खोज्नु कतिको बुद्धिमानी होला ?

मैले यति भनिरहनु पर्दैन थियो होला तर यतिवेला सामाजीक सञ्जालमा आइरहेको एउटा पोष्टले यति भन्न मन लाग्यो । पोष्टमा एउटा टिनको छानो राखिएको जिर्ण टहरालाई देखाउदै भनिएको छ, "बेदकोट नगरपालिकाले दुई वर्ष अघि हात्तीथलामा ३५ लाख खर्च गरि छोडुवा गाईवस्तु बाँध्ने गौसाला रे । एक रुपैयापनि घुष लिनेलाई छाड्दैनौ भन्ने प्रमुख आयुक्त नबिन घिमिरेले यो लुटलाई के भन्नु हुन्छ कुन्नि ? हरि ओम तत्सत ।"116127067_580502499497388_354893746233676746_n

हो यहि पोष्ट आज बिहानै दुई जना राम्रै मान्छेले मेरो म्यासेन्जरमा पठाउनुभयो । उहाँहरुलाई पनि थाहा थिएन यो सत्य हो वा झुट । त्यसैले मलाई के हो सत्यको खोजी गर्न भन्दै फेसबुक स्किन सर्ट लिएर पठाइएपछि सत्य तपाइहरु सामु ल्याउन मन लाग्यो ।

सत्य के हो ?
सत्य त यो हो कि यो पोष्टमा देखाइएको टहरामा नगरपालिकाको कुनै दोष नै छैन । अझ स्पष्ट भन्नुपर्दा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द आउनु भन्दा करिव एक वर्ष पहिले नै बेदकोट नगरपालिका वडा नम्वर १ बैजनाथ मध्यवर्ती सामुदायिक बनमा शुक्लाफाटा निकुन्जले बनाएको टहरा हो यो । यसमा नगरपालिकाको कुनै लगानी नै छैन ।

बरु नगरपालिकाले त्यहि ठाउँमा २०७४ सालमा २४ लाख लगानी गरेर एउटा भनव तयार ग¥यो । तार जाली रोखेर व्यवस्थीत पनि बनायो तर, त्यहा जंगली हात्तीको आक्रमणले तारजालीहरु भत्काउन, काम भएपछि अहिले २०७६ साल देखी सडकमा भोक भोकै रहेका छाडा चौपायकालागि बेदकोट नगरपालिकाले २६ लाखको लगानीमा चुनेपानीमा कान्जी हाउस बनाएर राखेएको छ ।

115932022_648465755755745_1102004876470511206_n

०७५ असार देखि गिद्द संरक्षण केन्द्रमा रहेका छाडा चौपायालाई धार्मीक वनको चुने पानीमा राखिएको हो । त्यहा चौपाया व्यवस्थापनका लागि २६ लाखको लागतमा बनेको ‘कान्जी हाउस’ पनि निमार्ण गरिएको छ । त्यहा एक सय ५० देखि दुई सय सम्मको हाराहारीमा छाडा चौपायलाई व्यस्थापन गरिएको बेदकोट नगर प्रमुख अशोककुमार चन्दले बताए । उनले चार जना चौकीदारका साथ छाडा चौपायालाई उचित आहाराको समेत व्यवस्था गरिएको दाबी गरे । चुनेपानीमा चौपाया व्यवस्थापनको लागि २० लाख रुपैँया छुट्टाइएको उनको भनाइ छ।

115820571_986299335148267_5237114722280341275_n

तर, यो समस्या बेदकोट नगरपालिकाको मात्रै होइन । कञ्चनपुरका अधिकांश ठाउँमा यहि अवस्था छ । छाडा चौपायाले स्थानीयले लवगाएको बाली नोक्सान त गर्छन नै महेन्द्र राजमार्गमा विच सडकमा राज गर्ने भएपछि सडक दुर्घटना निम्त्याइरहेको छ । यता भिमदत्तनगरपालिकामा त बजार क्षेत्रमा जता हे¥यो त्यतै छाडा गाई बस्तुको झुण्ड मात्रै देखिन्छ । जसको व्यवस्थापनमा भिमदत्तनगरपालिका चुकेको नै छ । पटक पटक जसो छाडा चौपाया व्यवस्थापन गर्न भन्दै बजेट छुट्याउने तर व्यवस्थापन गर्न नसकेको भिमदत्त नगरका स्थानीयवासीको भनाइ छ ।

115795900_2787861874793555_646445953636223674_n

कुरा जुनसुकै गरपालिकाको भएपनि आफ्नो गाउँ ठाउँको सुरक्षा, र स्थानीयको जिम्मेवारी त्यस नगरपालिकाको बाधमा हुन्छ । अझ सबैभन्दा बढि नगर प्रमुखले यसमा अभिभावकत्व गर्नुपर्ने हुन्छ । राजमार्ग क्षेत्र र गाउँ घरमा जाने गाई–गोरुका बथानले सवारी दुर्घटना देखि स्थानीयको तरकारी बाली नालीको सत्यानास पार्ने गरेको तितोसत्य हाम्रा सामु भएपनि सम्बन्धित निकायले समधान गर्नुको साटो एक अर्कालाई दोषारोपण गर्नुभन्दापनि मिलेर समस्याको समाधान गर्दा उपयुक्त होला । नकी सामाजीक सञ्जालमा भ्रम ,फैल्याएर ।

अहिले सम्म सडक मा रहेका गाई-गोरु ज्ञद्ध र ज्ञछ पट्क व्यबसथापन गरेका छौ नागरिकले घर पालुवा छोड्ने क्रम नरोकिएको हुदा समस्या भएँको छ फेरी पनि नगरपालिकाले व्यबस्थापन गरेकोे छ।

110312298_2572913802959989_2670486856821528251_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved