नेपालमै पहिलो पटक अपांगता प्रतिभा अवार्ड २०२० हुदै

  • श्रावण २३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमै पहिलोपटक फरक क्षमता (अपांगता)भएका व्यक्तिहरुका लागि अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दे दिव्यज्योति फाउण्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमि काठमाडौको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो । प्रतियोगिताको लागि भदौ २७ गते प्रदेश ३ को चितवन र काठमाडौंमा प्रतिभा छनोट हुने छ । प्रतियोगिताका लागि देशका सातै वटा प्रदेशका मुख्य शहरहरु विर्तामोड, इटहरी, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीबाट फरक क्षमता भएका विभिन्न विधाका प्रतिभा छनौट गरीने आयोजकले जनाएको छ ।

117236497_1249888048694610_4003819111364969749_n

सातै प्रदेशबाट छनौट भएका विभिन्न विधाका प्रतियोगीहरुको फाइनल भने काठमाडौंमा हुने छ । प्रतियोगीतामा नृत्य, गायन र चित्रकलाका विधामा प्रतिष्पर्धा गरिनेछ । जसमध्ये उत्कृष्ट हुने प्रतियोगीले उपाधि जित्नुका साथै नगद रु एक लाखसहित मुस्ताङ् भ्रमणको मौका पाउने छन् ।

यस्तै दृतिय र तृतीय विजेताले नगद पुरस्कारका साथै आकर्षक पुरस्कार पाउने छन् । प्रतिभा कार्यक्रमको संयोजक र व्यवस्थापन अपांग विश्व साइकल यात्री चित्र पौडेल र रस्मी शाक्यले गर्ने भएका छन् । समूह व्यवस्थापन युनिक भिजक इन्टरटेनमेन्ट र लायन्स क्लब अफ काठमाडौं, राइजिङ ड्रिमले गर्ने छन ।

117164624_168817888204173_1611657924720233379_n 1

विधमान कोरोना महामारीको जोखिमपूर्ण परिस्थितीलाई ध्यानमा राख्दै, सामाजिक दुरी कायम गरी कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको बारेमा फेसबुक पेज म्षाभचभलतथि बदभिम तबभिलत द्दण्द्दण् मा गएर विस्तृत जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved