सिराहाको जनता आधारभुत विद्यालयका प्रअको मनोमानी, महिनामा ४ दिन विद्यालयमा उपस्थिति

  • पुस ४, २०७६
  • कालापानी मिडिया
alt

सिराहा,मुकेश
सिराहाको जनता आधारभुत विद्यालय, नगरहा गाउपालिका ३ बत्राही खोरीयाका प्रधानाध्यापकले विद्यार्थी संख्या बढी देखाएर सुविधा लिने गरेको खुलेको छ । हाजिरी रजिष्टरमा एक सय ७६ विद्यार्थीको नामाङ्कन रहेको तर, विद्यालयमा भने २० जना विद्यार्थी उपस्थित हुने गरेको स्थानीय अभिभावहरु बताउँछन् ।
विद्यालयको रजिष्टरमा कक्षा १ मा ४१, कक्षा २ मा ५८, कक्षा ३ मा ३५ र कक्षा ४ मा ४२ जनाको नामाङ्कन गरिएको छ । तर विद्यालयमा कक्षा एक र २ मा चार जना र कक्षा ३ र ४ मा ११ जना गरी १५ जना विद्यार्थीको उपस्थिति छ । प्रयाप्त बिद्यार्थी संख्या नभएपछि शिक्षक घाम तापेर वसिरहेका हुन्छन् । भएका विद्यार्थीहरुपनि शिक्षकहरुको लापवार्हिका कारण खेलेर बसिरेहेका हुन्छन् ।


महिनामा २/४ दिनमात्र बिद्यालयमा आउने गरेका प्रद्यानाध्यापक दिनको १२ वजे मात्रै आइपुग्छन् । प्रद्यानाध्यापकले नै पढाइका लागि लापवार्हि गरेरपछि अन्य शिक्षकले के गर्लान सहजै अनुमान गर्न सकिन्छ । यता, विद्यार्थीहरुपनि शिक्षकले नै मनोमानी गर्न थालेपछि पढाइ भन्दा पनि अन्यत्र ध्यान दिन थालेका छन् ।

यता विद्यालय व्यवस्थापन समिति का अध्यक्ष राजदेव यादवले पनि विद्यालयको पढाइ खस्किदै गएको प्रति पटक पटक प्रद्यानाध्यापक संग छलफल गरेको भएपनि सुनुवाइ नभएको गुनासो गरे ।

नरहा गाउँपालीका शिक्षा शाखाले आफुहरु अनुगमनमा जाँदा विद्यालयको यो अवस्था देखेकाले अव विद्यार्थीको उपस्थिती हेरेर मात्रै सेवा सुविधा दिने बताएको छ ।

विद्यालय प्रध्याननाध्यापक रामकुमारी यादव सोही क्षेत्रका सासंद तथा पूर्व सूचना तथा संचार मन्त्री राजकिशोर यादवकी बहिनी हुन् । सासंद यादवकै धाक धम्की देखाई समयमा उपस्थित नभएपनि सहजै सम्पुर्ण सेवा सुविधाहरु पाउने गरेको स्थानियहरु बताउँछन । विद्यालयमा प्रधानाध्यापक सहित ३ जना राहत शिक्षक र एक कार्यालय सहयोगी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved