मुकेश कुमार यादव, सिरहा । सिरहामा कोरोना ९कोभिड १९० संक्रमणका कारण थप एक जना युवकको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालीका १ का गौरीपुरका ४० वर्षिय युवकको कोरोनाका कारण कोसी अञ्चल अस्पताल विराटनगरमा विहिवार राती मृत्यु भएको हो ।
उनलाइ करिब एक हप्ता देखि ज्वरो, टादेखीड र स्वास प्रस्वासमा समस्या देखिएपछि थप उपचारको लागि बुधबार विराटनगर अञ्चल अस्पताल लगिएका थिए । घरमै उपचार गराइरहेका उनलाई असहज महसुश हुन थालेपछि विराटनगर लगिएको परिवारजनले जनाएको छ ।
विराटनगरमा उनको आईसोलेशनमा राखेर उपचारको भइरहेको थियो । उनको मृत्यु पश्चात स्वावको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । मृतकको शव सिरहा ल्याउन तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले जानाए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved