होसियार ! के तपाइ ट्वाइलेट जाँदा मोबाइल प्रयोग गर्नुहुन्छ ?

  • पुस ७, २०७६
  • कालापानी मिडिया
alt

यतिवेला मोबाइलको प्रयोग आवस्यक्ताभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस्, मोबाइलको प्रयोग गरिरहेका छौ । योसँगसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर, यो स्वास्थ्यका लागि निकै नराम्रो बानी हो ।

अझ कतिपयको त ट्वाइलेटमा जाँदा समेत मोबाइल बोकेरै जाने बानी हुन्छ । जुन हाम्रो लाखि निकै खतरनाक सावित हुन सक्छ । मोबाइल लिएर ट्वाइलेट जाँदा अत्यधिक धेरै ब्याक्टेरिया मोबाइलमा जोडिन्छन् । ट्वाइलेटबाट निस्कँदा हामी हात त धुन्छौँ तर मोबाइल धुन सक्दैनौँ । यस्तो हुँदा त्यहाँबाट ती ब्याक्टेरियाहरु बाहिर आउँछन् जुन हाम्रो पेटसम्म पुग्छन् ।

झन् सार्वजनिक शौचालयहरुमा जसले मोबाइल प्रयोग गर्छ, उसलाई धेरै समस्या देखिने निश्चित हुन्छ । अर्कोतिर हामीले मोबाइल प्रयोग गरिरहँदा मोबाइल तात्ने भएकाले ब्याक्टेरियाहरुलाई त्यहाँ सहज वातावरण हुन्छ जुन पछि हामीलाई समस्या बन्छन् ।

त्यसैले ट्वाइलेटमा मोबाइल प्रयोग गर्ने बानी जति सक्दो चाँडो छाड्नुपर्ने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved