काठमाडौं । पर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेका छन् ।
बुधबार बिहान शाहका नीजि सचिव फणीराज पाठकले एक प्रेस बिज्ञप्ती सार्वजनीक गर्दै काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पु¥याएको योगदानलाई सधैँ सम्झिरहने उल्लेख गरेका छन् ।
बिज्ञप्तीमा लेदिएको छ, पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ ।
देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भन्ने कुरा दर्शाइबक्सदै मौसूफबाट उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा व्यक्त गरिबक्सकेको छ
। साथै, मौसफूबाट दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिबक्सदै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिबक्सेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved