सरोज पौडेल / बिराटनगर महानगरपालिका समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै बिभिन्न वडाहरुमा सेनिटाईज गर्ने कार्य शुरु भएको छ । कोरोना भाइरसबाट बढि प्रभाबित वडाहरुमा गाउँकै युवाहरुले सेनिटाईज गर्ने काम सुरु गरेका हुन । कोरोना भाइरसको महामारीमा सवैभन्दा बढि मानिसको आवत जावत हुने क्षेत्रमा हुने भएकाले सेनिटाईज गरिएको बिराटनगर महानगरपालिका वडा न ३ का युवा बिकाश भण्डारीले जानकारी दिएका छन् । सेनिटाईज गर्ने काममा स्थानीय युवा, समासेवी तथा वडा अध्यक्षहरुले समेत आगामि दिनमा सहयोगर्दै जाने कुरा बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved