आज गौरा पर्वको मुख्य पदन अठ्वाली पर्व

  • भदौ १०, २०७७
  • कालापानी मिडिया
alt

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गौरा पर्वको आज मुख्य दिन । आज अठ्वली अर्थात् अष्टमी हो । आजको दिनलाई बिषेश रुपमा ब्रतालु महिलाहरुले गौरा देवीको पूजाआजा गर्ने गर्दछन् । सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली , कञ्चनपुर सहित दार्चुला, बैतडी, डोटी , डडेल्घुरा बझाङ र अछाममा धुमधामका साथ मनाईन्छ ।

118023636_619116028742126_2530653561825194673_n

यो संगै गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् ।

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

118501427_619115992075463_7112643801786013888_n

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो)चढाउने चलन छ ।

अठवली अर्थात् आजको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला ९आँगन०मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।

118277323_619116132075449_9064835651540323356_o

देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ । गौराको अबसरमा सुदूरपश्चिमका छुट्टै रौनक हुने गरेको भएपनि यस बर्ष भने कोरोना कहरका कारण सबै ठाउँ सुनसान रहेका छन् ।

गौरा पर्व मनाउन विगतका वर्षमा जिल्ला तथा देशबाहिर गएकाहरु आ–आफ्ना घर फर्किने गर्दथे भने तराईवाट पहाडमा जाने बसहरु भरिभराउ हुन् गर्दथ्ये । यस बषै सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निषेधाज्ञा पनि जारी गरिएकाले सबै क्षेत्र ठप्प रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved