एउटा गाडीले विद्यार्थीलाई ठक्कर दियो, आगजनी अर्कैमा

  • पुस ७, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं ।

काठमाडौंको सुकेधारामा सोमबार बिहान एउटा गाडीले पशुपति क्याम्पस चावहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तलाई ठक्कर दियो ।

विद्यार्थीका अनुसार ठक्कर दिएपछि गाडी रोकिएन, अघि बढ्यो । पन्त अध्ययनरत पशुपति क्याम्पसमा विद्यार्थी आक्रोशित भए । र उनिहरुले क्याम्पस अगाडि सडकमा गुड्दै गरेका अन्य गाडीमा तोडफोड र आगजनी गरे ।

प्रहरीका अनुसार विद्यार्थीले गुड्दै गरेको एक बसमा आगजनी गरेका छन् । जुन बस कामै नलाग्ने अवस्थामा पुगेको छ । अर्को एउटा बसमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रहरी भन्छ, सुकेधारामा बा ७ ख ५९३० नम्बरको गाडीले पन्तलाई ठक्कर दिएको थियो । तर, विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् ।

यसको अर्थ विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा मृत्यु भएको छ । पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य चेतन थापा मगर र राकेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । त्यसको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved