वीरगञ्जमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • भदौ २४, २०७७
  • कालापानी मिडिया
alt

आरोहण शाह, वीरगन्ज । वीरगन्जको नारायणी प्रयोगशालामा रौतहटका २२ जनासहित थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति पिसिआर परिक्षण गर्दा पर्सा, बारा र रौतहट गरि ३७ जनामा संक्रमण देखिएको छ ।

विभिन्न ठाउँबाट स्वाब संकलन गरि प्रयोगशालामा पिसिआर परिक्षण गर्दा ९ जना महिला र २८ जना पुरूषमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनको अनुसार थपिएको संक्रमितमध्ये पर्सा जिल्लाको ६ जना रहेका छन् भने बारा जिल्लाको ९ र रौतहट जिल्लामा २२ जना रहेका छन् । संक्रमण देखिनेमा ४ वर्षदेखि ६७ वर्षका वृद्ध समेत रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा रौतहटका २२जना दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ५ का बासिन्दा रहेका हुन । त्यस्तै पर्सामा थपिएका संक्रमित मध्ये ३ जना महिला र ३ जना पुरूष रहेका हुन । संक्रमित हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का दुई जना र वडा नम्बर २८ र ३२ का एकरएक जना रहेका छन् भने पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ८ र चैनपुर वडा नम्बर ८ का एकरएक जना रहेका छन् ।

त्यसैगरी बाराको जिल्लाको कोल्भी गाउँपालिकामा ३ जना संक्रमित थपिएका छन् भने कलैया उपमहानगरपालिका वडा नम्बर ९ र १९ मा एकरएक जना रहेक हुन् । जितपुरसिमरा उमहानागरपालिकाको वडा नम्बर २, बारागढी गाउँपालिका र अमौरो टोखनी वडा नम्बर २ मापनि एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

बारागढीस्थित इलाका प्रहरी कार्यालयमा समेत एक जनामा संक्रमित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved