क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिमको बझाङ्ग-बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म

  • भदौ २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो समय आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तार गर्ने क्रमलाई तिब्रता दिएको छ ।
कम्पनीले अहिलेको विषयम परिस्थितिमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको छ । क्लासिक टेकले पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्ट्रानेट सेवा बिस्तार गरेर सेवा उपलब्ध गराएको हो ।

यी क्षेत्रहरुसम्म सेवा बिस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहँदै आएको भएपनि कम्पनीले इन्ट्रानेट सेवा विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर माग अनुसार जडान गर्दै आएको छ । कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलि मेडिसिन सेवामा देशका दूर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ ।

यसको लागि क्लासिक टेकको गुणस्तरीय र भरपर्दो सेवाले टेलिमेडिसिन सेवालाई विश्वसनीय बनाउनेछ । पीसीआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुनः पीसीआर गराउने गरेकाले निकै सुरक्षित वातावरणमा सेवा दिईरहेको छ । कम्पनीले पैदल नै जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ ।

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीमध्येको एक क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभएपनि सो स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवा उपलब्ध गराएको छ । यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत संभारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवा प्रदान गरिहेको जनाएको छ ।

यसका साथै क्लासिक टेकले यसभन्दा पनि कठिन र दूर्गम भेगमा आफ्नो इन्टरनेट र इन्ट्रानेट सेवा उपलब्ध गराउन काम गरिरहेको छ र जस्तोसुकै कठिन परिस्थितीमा पनि सेवाग्राहीहरुलाई सेवा गर्न सँधै तत्पर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved