बाग्लुङ ।
सरकारले जतीसुकै आर्दश र उत्कृष्ट नारा दिए पनी ति नाराहरु विपन्न समुदाय सम्म पुग्न सकेका छैन् । जसको उदाहरण बाग्लुङका रमेश परियार हुन् । सानो उमेरमै देखा परेको शरिरको खटिराको उपचार गर्न पैसा नभएपछि उनी अपाङताको जीवन जिउन बाध्य छन् ।
यि हुन बाग्लुङगको बडीगाड गाँउ पालिका ७का १५ वर्षीय रमेश परियार । जन्मेको सात दिन पछी एक्कासी छालामा खटिरा उठ्दै परिवर्तन हुदै गएपछी उनको छाला मात्र बिग्रीएन शरिरनै अपाङगता बनाई दियो । परिवारको आर्थीक अवस्था कम्जोर हुदाँ उनकोे उपचार असम्भव बन्दै गएको छ । छिमेकी तथा आफन्तको सहयोगमा अस्पताल सम्म पुगेपनि पैसाकै कारण उपचार हुन सकेन । अहिले त झन कुन रोग हो भन्ने समेत पत्ता लाग्न सकेको छैन । ज्याला मजदुरि गरेर दैनिकी गुजारा गर्दै आएका दमाई परिवारको आर्थिक अवस्था निकै दयनीय छ ।
परिश्रम गरेर जिविको पार्जन गर्दै आएका उनको परिवारलाई रमेश निल्नु न ओक्नु झै भएका छन् । उपचार गराउन पैसा छैन । सरकार संग गुहार गर्न सक्ने मान्छे छैन । द्यौ द्यौ गरी बिहान बेलुकाको छाक टरेपनि रमेश र परिवारका अनय सदस्य विरामी पर्दा भने भगवानको कृपा भन्दै वस्नुको अर्थ नभएको उनिहरुको गुनासो छ ।
यता वडा कार्यलयका अध्यक्ष कृष्ण गुरुङ भने राज्य बाट सेवा सुविधा दिइदै आएकाले त्यसलाई बढाउन नसकिने बताउछन् ।
पक्कै पनि राज्यले बिपन्न असहाय र अपाङता भएका हरुलाई आर्थीक सहयोग गर्दै आएको छ । तर, तिनीहरुको पहिचान हेरेर रकम पनि त्उहि अनुसार हस्तात्रण भएको भए आफु जस्ता धरैलाई राहत उने उनिहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved