आरोहण शाह, वीरगन्ज । वीरगन्जको नारायणी प्रयोगशालामा बारा ११ जना सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पिसिआर परीक्षणमा बारा ,पर्सा र रौतहटका गरि १४ जनामा संक्रमण देखिएको छ ।
थपिएका संक्रमितमा ३ जना महिला र ११ जना पुरूष रहेका छन् । बिहीबार राति कूल २ सय ९४ जनाको स्वाब परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
बारामा ११ , पर्साका २ र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिन अक्स्पर्ट प्रविधिबाट परीक्षण गर्दा दुईजनामा कोरोना पोजेटिभ पुष्टि भएका छन् । संक्रमित हुनेमा १० वर्षीदेखि ५२ वर्षका समेत रहेका हुन् । बाराका ११ जना संक्रमितमध्ये कलैया उपमहानगरपालिका वडा ८ का ३ जना , वडा १४ का २ जना र वडा ५,६,७ मा एक\एक जना गरि ८ जना संक्रमण पुष्टि भएका छन भने आदर्श कोतवाल गाउँपालिका वडा ८ का ३ जना रहेका छन ।
यस्तै वीरगन्ज महानगरपालिका वडा ४ र १६ का एक\एक जना संक्रमण थपिएको छ । रौेतहट कटहरिया नगरपालिका वडा नं।२ मा पनि एक जना संक्रमित देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved