पौष २७ गते सार्वजनिक बिदा दिन युएईबाट ध्यानाकर्षण

  • पुस ८, २०७६
  • कालापानी मिडिया
alt

आधुनिक नेपालका जन्मदाता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिनमा नेपालमा सार्वजनिक बिदा दिन युएईबाट ज्ञापनपत्र पठाईएको छ ।


प्रवासी नेपाली एकता समाज यूएईले पौष २७ गते मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा घोषणा गरेर शाहको युगदानको कदर नेपाल सरकारले गर्नुपर्नेमा ध्यानाकर्षण गराएको हो । राष्ट्रनिर्मातालाई सम्मान गर्न सार्वजनिक विदा दिई भव्य रूपमा गौरवशाली राष्ट्रिय पर्वको रूपमा मनाउन नेपाली दूतावास अवुधावी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल सरकारलाई नेपाली राजदुताबास अवुधावीमा राजदूत कृष्णप्रसाद ढकाल मार्फत ज्ञापनपत्र वुझाइएको ,राप्रपा आमन्त्रित केन्द्रीय सदस्य तथा प्रवास युएईका अध्यक्ष शशि सिलवालले बताएका छन् ।

शिलवालको नेतृत्वमा नेपाली दूतावास अबुधाबी गएको प्रतिनिधि मण्डलमा राप्रपा प्रवास मध्यपुर्व ईन्चार्ज तोयानाथ लम्साल, वरिष्ठ सल्लाहकार विश्वदेव शाह, सल्लाहकार शंकर श्रेष्ठ,उपाध्यक्षद्वय मनोज जैसवाल, किशोर केसी ,कोषाध्यक्ष नारायण पोखरेल, महिला नेतृ चिना कोईराला,युएई महिला अध्यक्ष शर्मिला थपलिया लगायतका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझ्दै राजदुत ढकालले नेपाली इतिहासमा पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको र प्राप्त ज्ञापनपत्रलाई सम्बन्धित निकायमा र्पुयाउन मद्दत गर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved