भारतको नेपाललाई जवाफी पत्रः लिपुलेक समस्या समाधानका लागि तयार छौँ,

  • पुस ८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौँ – नेपालसँग जोडिएको क्षेत्रमा सीमा समस्या रहेको र सो समस्या समाधानका लागि तयार रहेको व्यहोराको पत्र भारतले नेपाल सरकारलाई पठाएको छ । कालापानी–लिपुलेक–लिम्पियाधुरा सीमा समस्या समाधानबारे नेपालले पठाएको पत्रको जवाफमा भारतले सीमा समस्या रहेको स्वीकार गर्दै पत्र पठाएको हो ।

भारतका तर्फबाट पत्र आएको र अब समस्या समाधानका लाग कसरी अघि बढ्ने भन्ने बारे छलफलको तयारी भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

भारतले जम्मू–कश्मीरलाई दुई राज्यमा विभाजित गरेपछि जारी गरेको नक्सामा लिपुलेकसहितको क्षेत्र आफ्नो सीमामा समेटेपछि विवाद पुनः सुरु भएको थियो । भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै आन्दोलन चर्किएपछि नेपाल सरकारले यसबारे भारतलाई पत्र पठाएको थियो ।

नेपालले पठाएको पत्रको जवाफ दिन भारतले एक महिना लगाएको हो । भारतले पठाएको पत्रमा कालापानीसहित सुस्ता क्षेत्रमा रहेको सीमा समस्या समाधानका लागि तयार रहेको उल्लेख गरिएको छ ।

समस्या समाधानका लागि नेपालले भारतसँग वार्ताको प्रस्ताव गरेको थियो । भारतले पठाएको पत्रमा वार्ताबाटै सीमा समस्या समाधान गर्नु पर्ने र त्यसका लागि तयार रहेको उल्लेख रहेको स्रोतले जनाएको छ । परराष्ट्र सचिव स्तरीय वार्ताबाट समस्या समाधानका लागि तयार रहेको उल्लेख गरेको भारतले वार्ताको मिति आपसी सहमतिमा तय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved