भारतीय राजदूत पुरीलाई देउवाको बिदाई भोज

  • पुस ८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौँ

तीनवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बिदाई भोज दिएका छन् । बुढानिलकण्ठस्थित निवासमा देउवाले राजदूत पुरीलाई बिदाई भोज दिएका हुन् ।

आफ्नो तीन वर्षे कार्यकाल पूरा भएसँगै नेपालका लागि भारतीय राजदूत पुरी स्वदेश फर्किने तयारीमा छन् । कार्यकाल पूरा भए पनि उनी पुस १५ गते मात्रै स्वदेश फर्किने छन् । कार्यकाल सकिए पनि पुरीले नेपालका नेताहरुसँग बिदाई भेट गरिरहेका छन् ।
भारतले नयाँ राजदूत को पठाउने भन्ने अहिलेसम्म यकिन भएको छैन । तर नेपालका लागि नयाँ भारतीय राजदूतमा विकास स्वरूप, अखिलेश मिश्रासहितको नाम चर्चामा छ । भोजमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्रीप्रकाशमान सिंह लगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved