राजसंस्था र हिन्दुराष्ट्र कायम गरिनुपर्ने माग राख्दै केहीदिन यतादेखि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको राजाबादी संगठन वीर गोर्खालीले विराटनगरको मोटरसाईकल र्याली भब्य रुपमा सफल भएको जनाएको छ ।
विहीबार विराटनगरमा राजसंस्था र हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग राख्दै आयोजना गरेको मोटरसाईकल र्याली भब्य रुपमा सफल भएको इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
विराटनगर तथा अन्य ठाउँमा आयोजना गरिएका कार्यक्रमहरुमा देखिएको उल्लेख्य सहभागीताले देशमा राजसंस्था सहितको हिन्दु राज्यको आवश्यकता रहेको प्रष्ट रहेको अभियन्ता विक्रम पाण्डेले दाबी गरे । उनले तिहार र छठपछि पुनः विभिन्न कार्यक्रमहरु आयोजना गरि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापानाका लागि निरन्तरता दिइने बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved