सुबिसु बन्यो एमएएनआरएसमा हस्ताक्षर गर्ने नेपालकै पहिलो आईएसपी

  • मंसिर ४, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । सुबिसु एमएएनआरएस (म्यानुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी)मा हस्ताक्षर गर्नेमा नेपालको पहिलो आईएसपी बनेको छ ।

एमएएनआरएस भनेको राउटिङ सिक्युरिटी सम्बन्धी परामर्श दिनको लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल पहल हो ।

जसले इन्टरनेट राउटिङमा हुने समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गरी राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्छ ।

एनटीएको साइबर सेक्युरिटी सम्बन्धी निर्देशिकामा एमएएनआरएसलाई हरेक आईएसपी, एनएसपी र टेल्कोसले अनिवार्य रुपमा लागू गर्नुपर्ने प्रावधान छ ।

इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटना भइरहेका हुन्छन् । जसले गर्दा ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आइपर्छ । जस्तै राउट ह्याकिङ, राउट लिक, आईपी एड्रेस स्पुफिङ लगायतका नकारात्मक गतिबिधिहरुले गर्दा डीडीओएस एट्याक, ट्राफिक इन्सपेक्सन, लस अफ रेभिन्यु, रिपुटेसनल ड्यामेज, जस्ता समस्याहरु निम्त्याउँछ ।

एउटा आईएसपीको राउटिङ समस्यमले गर्दा ग्लोबल इन्टरनेटमै ब्यापक समस्या आइपर्ने हुँदा त्यो हुन नदिन एमएएनआरएसको ग्लोबल पहलमा सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved