बिर्तामोड । प्रधानमन्त्री ओली सोमबार सबभन्दा पहिला ताप्लेजुङको घुन्सामा आयोजित एक कार्यक्रममा सहभागी हुने सशस्त्र प्रहरीका प्रदेश १ का प्रमुख प्रहरी नायब महानिरीक्षक बंशी दाहालले बताएका छन्।
घुन्साको कार्यक्रमपछि चीन र नेपालको सीमाना ओलाङचुङगोला गएर सीमा निरीक्षण गर्ने कार्यक्रम रहेको उनले बताए।
त्यसपछि इलामको जौंबारी र सन्दकपुरमा सीमा निरीक्षण गर्ने प्रधानमन्त्री ओलीको कार्यक्रम रहेको छ। उनले महत्वपूर्ण आयोजनाहरूको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्री ओली सोमबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved