मेयरसाब, काठमाडौंमा नाकाबन्दी भए के गर्नु हुन्छ ? सोच्नु भएको छ ?

काठमाडौंका मेयर शाक्यलाई सरस्वती केसी अधिकारीको खुला पत्र

  • मंसिर ९, २०७७
  • कालापानी मिडिया
alt

जो सुकैको जिवनमा पनि खराब स्थिति आउँछ सक्छ । तर त्यो केही समय पछि आफै गुज्रिएर जान्छ तर सहज र अधिकार प्राप्त अवसरमा असल काम गरि कार्यकाल प्रेरणादायी बनोस मेरो शुभकामना मेयरसाब तपाइलार्इ ।
मेयरसाब खोइ म कसरी भनु तपालाइ, हुन पनि त्यति ठुलो पार्टी,त्यसमा पनि काठमाडौं महानगरको मेयरसाब । के नपुग्दो छ र ? अझ भनु काठमाडौको रैथाने । अरु जातलाइ तपाइँ पाखेहरु खे चा भन्नुहुन्छ होइन त ? अनि घमन्ड त तपाइमा हुने नै भो ।

बरु तपाईं महानगर भित्र नेवार मात्र राख्ने निर्णय गर्नुस एतिहासिक हुन्छ । बाहिरबाट आएकालाई आ आफ्नै ठाउँ फर्काउन भन्नुस उचित हुन्छ । तपाइ उमेदवार हुदा भोट माग्ने म नि हु । अगाडि देखे चिन्नु पनि हुन्छ होला । तर तपाइको यो निर्णय सुनेर त तपाइले नेवारलाइ मात्र चिन्नुहुन्छ जस्तो लाग्यो ।  तपाईं यो नबिर्सिनुस कि, काठमाडौं देशको राजधानी हो यहाँ सबै भाषा, भेषभुषा र जाती बस्ने र दुर्गम देखि भबिस्यको मिठो सपना बोकि आउने देशका कर्णधारको बृक्ष बड्दैछ । म सानो छदा अरुले काठमाडौंका मान्छेलाई कुवाको भ्यागुतो कुवामै भन्थे अब त्यो जमना छैन यो सोचाइ बाट माथी उठौ । मेयरसाव पहिले देश र जनता अनि मात्र पार्टी हो ।

शंखधर साख्वा लागयत अन्य बिभुती राष्ट्रिय सम्पत्ति हुन । काठमाडौंमा मात्र होइन्। उहाँको सालिक अरु ठाउँमा नि राख्न सकिन्छ । त्यसमा सबैको साथ सहयोग र समर्थन रहन्छ तपाइँ । इतिहास मेटाएर होइन नयाँ बनाएर बिकास हुने हो । नयाँ पाउनु भन्दा नि राम्रो चिज गुमाउनुको पिडा छुट्टै हुन्छ। क्षणिक अधिकारको प्रयोग नगरौ । हामी यो देशका बिबेकसिल नागरिक हौ । यो देशमा साझा फुल फुलाउनु पर्छ ।

यो देशमा राजा देखि बिप्लब सम्म अटाउनुपर्छ । मिलेर बस्नु पर्छ । के थाह भोलि तपाइको पद मैले पो लिन्छु कि ? त्यति बेला मैले तपाइले गरेको सबै काम मेटाउनु ? यहि हो हाम्रो दायित्व र अधिकार ? यसरी नै हो देशमा विकास हुने ? के निर्वाचन ताका जनतासंग यहि प्रतिवद्धता गर्नु भएको थियो ? कि पदमा भएको फाइदा उठाउदै हुनुन्छ । नविर्सनुस फेरी पनि निर्वाचन हुन्छ ।

राम्रो कार्य गर्नुस् । जनताको मन मनमा बस्न सक्नुस् । कहिले भोका जनतालाई खाना खु्वान पाइदैन भन्दै भुत्भुताउनु हुन्छ, कहिले पुर्खाको इतिहास मेटाउने निर्णय गर्नुहुन्छ । तपाइको यस्ता निर्णले जनता भोकभोकै मर्नु नपरोस । हाम्रो फोहोर नुवाकोटमा नरोकिओस । हाम्रा खाना थान्कोटमा नरोकिउन । काठमाडौंमा नाकाबन्दी भए तपाईं सङ के छ ? दाल चामल लुगा पानी औषधी यसको बारेमा केही सोच्नु भएको छ ? महानगर बासिलाइ जवाफ दिन सक्नु हुन्छ ?

राजनितीक घटनाहरू चलिरहने कुरा हुन् । गणतन्त्र ,संघीयता र धर्म निरपेक्षतालाइ बृक्षको रुपमा हुर्काउने सपनामा इतिहास मेटाउने प्रयत्न नहोस । काठकाडौं तपाईं र तपाइको बंशको बिर्ता होइन । हाम्रो पहिचान संस्कार र रितिरिवाज मेटाउने र नयाँ सिर्जना गर्न नसक्नु तपाइको कम्जोरी हो ।
निर्णय क्षमताको बिकास गर्नुस । अस्ताउन लागेको सुर्य भोलि फेरि तेजिलो र अझै रापिलो बनी आउँछ भन्ने नबिर्सिनुस् । यद्यपि हरेक ब्यक्तिको गुण र दोष हुन्छ नै । निर्णयलाई सच्याइ नयाँ ढंग, सोच बाट काठमाडौं महानगरलाई बिकास गर्न काबिल हुनुस म लगायत सबैको शुभकामना मेयरसाब ।

बेलायती महारानी एलिजाबेथ राष्ट्रमन्डलका अन्य १५ देशको संबैधानिक प्रमुख हुन । क्यानाडा अस्ट्रेलिया जस्ता निकै ठुला देशलाइ यो प्रबधानले समृद्धि ल्याउन छेकेन । नेपाल राष्ट्र निर्माण, नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा वडा महाराजा पृथ्वी नारायण शाह, राजा महेन्द्र र बिपी कोइराला अग्रस्थानमा छन् । तिनै राजा महेन्द्रकी रानि तथा जिवनको उत्तरार्धमा समय बेतित गरिरहेकी मुमा बडामहारानीको नाम बाट कुनै पार्क बनेको छ भने यसमा तपाइको के टाउको दुखाई ? के यसले तपाइलाई असर पारेको छ र ? होइनभने तत्काल आफुले गरेको गल्ति सच्याउनुस र निर्णय परिवर्तन गर्नुस् । यसले न त तपाईको भलो हुन्छ, नत जनताले तपाईको गुणगान गाउँछन् । बरु सक्नुहुन्छ भने आफ्नो कार्यकालभरी केही उदाहरणीय कार्य गरेर देखाउनुस । हाम्रो साथ रहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved