डिबी खड्का, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका चार हुलमा जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकै वडाका पाँच जनाको मृत्यु भएको हो भने चार जना घाइते भएको वडा अध्यक्ष गङु अधिकारीले जानकारी दिएका हुन् । सोही स्थान बाट तम्घासकका लागी छुटेको लु १ ज ११६६ नम्वरको जिप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा इस्मा गाउँपालिकाका ६५ वर्षीय डमर बहादुर हिाताङ, सोहि स्थानका , सोहि स्थानका ३० वार्षिय बसन्त दर्लामी , नेपाली सेनमा कार्यारत वर्ष ३३ का शिव दर्लामी , नेपाली सेनामै कार्यरत वर्ष ३३ का धन बहादुर असामी मालीका गाउँपालिका ५ वस्ने ८० वर्षका सुन्दरी थापाको घट्नास्थलमै मृत्यु भएको वडा अध्यक्ष गङु प्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै घाईते हुनेहरुमा वर्ष २८ की सरस्वती दर्लामी , वर्ष १९ का परशुराम थापा, चालक वर्ष २४ का बुद्ध बस्नेत र सहचालक वर्ष २३ का कमल हिताङ रहेका छन् । घाइते मध्ये पर्शुराम थापाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार, जिप सडक बाट करिब ७०० मिटर तल खसेको बताईएको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
यसै गरी चोहर्वा सिरहा सहायक सडक अन्तर्गत सिरहा नगरपालिका १० पदमपुरमा बस र मोटरसाईकल आपसमा ठोक्किदाँ मोटरसइकलमा सबार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सिरहा नगरपालिका ११ भलुवाही निवासी २५ वर्षिय देव नारायण कामती र २६ वर्षिय अरुण कुमार कामती रहेको प्रहरीले जनाएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदैगरेको ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाइकल आपसमा ठोक्किदाँ सो दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved