अन्तरमनको स्पन्दन यो राष्ट्रको लागि सेवा गर्ने छ । अतिरिक्त महिला भएकै कारण महिलाको बिषयमा बढी चिन्ता लाग्छ। जिन्दगी लामो होइन, महत्त्वपूर्ण बनाउने हो ।
सामाजिक बिबिधता, सामाजिक, संस्कृति र परिस्थितिमा रम्नुपर्छ । तथापि जिन्दगी भोग्दै जाने कुरा हो । यथार्थमा हिड्दै जादै नहारे पनि हराइन्छ । खान त सबैले खान्छन । पेट सबैले पाल्छन्। तर समाजमा जन्मेपछी केही गर्नुपर्छ आखिर २,३ बाल्टिन पानीले पखाले पछि सकिने कुरा हो, यसलाइ आत्मसात गर्दै हाम्रा अग्रज दिदिहरुले समजमा महिलाको अस्त्तित्त्व खोजेर महिला अन्दोलनको नाममा आफ्नो परिचय र अधिकारलाई खोजे होलान ।
म सम्मान गर्छु ती महिला, जो घर बाहिर निस्के र समाजमा महिलाको क्षमता देखाउन सफल भए । यसलाइ हामिले निरन्तरता दिन जरुरी छ। दिराखेका पनि छौ । धेरै त हामिले प्राप्त गरिसकेका छौ । तर पनि पुरुषहरुको सहयोगमा हातेमालो गर्दै हामी उहाँहरु जस्तै समान नागरिक हुन अघि बड्नुपर्छ ।
शृङ्खलाबद्ध रुपमा हाल देशमा बलात्कार हत्या हिंसा जस्ता जधन्य अपराध भैरहेको खबर सुन्दा निःशब्द छु । त्यसैले आज हाम्रा महिला अन्दोलनका अग्रज अधिकारकर्मी र राजनितीक पार्टीका महिला संघसंगठनलाई झकझकाउन चाहन्छु । कतै हामिले ठुलो दुःख बाट प्राप्त अधिकार बिचैमा पो छोडिन्छन कि ?
तिनलाइ हामी सबै मिलेर कार्यान्वयन गर्ने पाटोमा पुराउन सक्यौ भने बल्ल उपलब्धि मिल्छ । उसो त कानुन बनेको छ तर वास्ताबिक रुपमा कार्यान्वयन भए नभएको यसको पहरेदार पनि हुन जरुरी छ । नत्र कानुन भएर पनि दोषी उम्कन सक्छ । शक्ति र पैसाको आडमा देशमा भ्रष्टाचार मौलाएको छ । दोषी उम्कने र निर्दोष फस्ने घटना प्राय भइरहेका छन्। त्यसैलेपनि न्याय दिने निकायमा शुद्धता हुनुपर्यो। न्यायालय व्यावसायिक हुनु भएन ।
यहाँ कानुनको गलत फाइदा उठाउने प्रबृत्ति धेरै छ । यस्तो निर्णायक ठाउँमा भएको गलत निर्णयले कसैको जिन्दगी बर्बाद नहोस् । यस्तो निर्णय भएको खण्डमा उक्त निर्णय कर्ता पनि सजाएको भागिदार हुनुपर्छ । उस्लाइ पनि कानुनी दयरमा ल्याउने कानुन बन्नु जरुरी छ।
हाल सरकारले बलात्कार र महिला हिंसा बिरुद्ध एउटा अध्यादेश ल्याएको छ । उक्त अध्यादेश सम्मानिय राष्ट्रपति ज्युकोमा छ । ढिलै भएनी अत्यन्तै राम्रो छ त्यसलाई यथासिघ्र कानुन बनाइ कार्यान्वयन गर्नुपर्छ । यो महिला अन्दोलनको ठुलो उपलब्धि भएपनि यसमा माथी उल्खेखित केही कुरा थाप्नु पाए झनै राम्रो हुनेथियो । किनकी कतै महिलाले न्याए पाउँदा पुरुष पीडित र पुरुषले न्याए पाउँदा महिला पीडित नहोस । सबैले न्याए पाउनुपर्छ। न्याय दिने ब्यक्ति सहि हुनुपर्यो । नत्र त नेपालको कानुन दैबले जानुन भन्ने उखान कायमै रहने छ ।
एउटाले गल्ति गर्ने अर्कोले सजाय भोग्ने गलत फैसलाको शिकार जो कोहि हुन नपरोस । थप कानुन यस्तो बन्नुपर्छ कि यदि उसले पैसा र शक्तिको आडमा गलत फैसला गरेको रहेछ भने उसलाइ नि कानुनी काठघरामा उभ्याउन सकिओस्। जसले सहि कानुनलाइ सहि बाटोमा डोर्याउन सकिन्छ ।
जिम्मेवार निकायमा बिबेकपुर्ण ढंग बाट काम गर्नुपर्छ तब मात्र यो देशमा न्याय पाइन्छ । अधिकार प्राप्त छ भन्दैमा कसले गलत प्रगोग गर्नु हुन्न । गल्ती गरेमा कानुन सबैले मान्नुपर्छ तर बिना गल्ती कसैलाइ नङ्याउने काम गरिन्छ भने यसको जिम्मेवारी कसले लिने ? यी सब कुरालाइ सामाजिक र ब्यबहारिक तरिकाले नि कानुनलाइ प्रमुख निकाएबाट सहि सदुपयोग हुन जरुरी छ । आउने हरेक ब्यबधान र अड्चनलाइ पुर्वत रुपमा सोचेर कानुनु बनाऔ । सम्बन्धित निकाय सबलाइ ध्यानाकर्षण गराउन चाहान्छु ।
कानुन बनाएर मात्र भएन यसको बारेमा सबैको घर घरमा प्रचार प्रसार गर्नु पर्यो । शिक्षा सबैको आवस्यकता हो भन्ने बुझाउन सक्नु पर्यो । छोरा छोरी सबलाइ शिक्षा दिनुपर्यो। किनकी शिक्षामा सुधार नभए सम्म महिला हिंसा घट्दैन । बाटोमा भाषण गर्दैमा हिंसा घट्दैन । घर घरमा ज्ञान र शिक्षा पुग्नुपर्यो । शिक्षामा नि सहज र निःशुल्क नीति ल्याइ कानुन बन्नुपर्छ । सहि कार्यान्वयन भएन भने महिलाको कानुन माछा माछा भ्यागुतो हुन्छ ।
यति बेला म उहाँहरु जो महिला सांसद जो सिङ्गारिएर संसद भवन पुग्ने गर्छन । के तपाइहरु पार्टी को ह्युप मा डराएर चुप बस्नु भाको त छैन ? भोलि तपाइकै घरको सदस्य पीडित भयो भने त्यतीबेला पनि चुप बस्नु हुन्छ की सडक तताउनु हुन्छ ? के आफ्नो पिडा मात्रै दख्ने अर्कोको पिडा नदेख्ने रोग लागेको छ ?
संसदभित्र तपाईहरु पार्टी भन्दा माथी उठेर जनताका पिडा बोल्नुस न । पिडित महिलाका आवाजमा सबै जना एकजुट हुनुस् न । तपाईहरु महिलाका आवाज बोल्नुस, उचित कानुन बनाउने कुरामा सबै एकजुट भएर लाग्नुस् । हामी पार्टी नभनेर तपाईलाई साथ दिनेछौ ।
पहिले देश अनि मात्र पार्टी । जय राष्ट्रवाद । जय नेपाल ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved