धनगढी । सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा चार सयको परीक्षण गर्दा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनाको परीक्षण गर्दा थप ६९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९ जनाको नमूना परीक्षण गर्दा ४१ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा ९४ जनाको नमूना परीक्षण गर्दा १५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा २४ जनाको नमूना परीक्षण गर्दा ६ जना र जिल्ला अस्पताल बझाङमा ४० जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप २१ जनामा संक्रमण देखिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved